arrow

नुवाकोट दूर्घटना : प्रजिअ भन्छन् '४० जना सवार थिए, मृतक संख्या यकीन छैन'

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
nuwakot-district.png

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार भएको दूर्घटनामा ४० जना यात्रु सवार रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिए ।

उनले ठूलो संख्यामा यात्रुहरु हताहत भएको भन्ने जानकारी आएको भएपनि कति यात्रुको ज्यान गयो भन्नेबारे यकीन विवरण नआईसकेको बताए । बा३ख ३९१३ नम्बरको मिनिट्रक सडकबाट ७ सय मिटर तल खसेको नुवाकोट प्रहरीले जनाएको छ । 

‘घटनास्थलमा प्रहरी जाँदैछ । प्रहरी पुगेर विस्तृत जानकारी दिएपछि मात्रै मैले मृतकको बारेमा बताउन सक्छु ।’ प्रजिअ थापाले भने ‘४० जना जति यात्रु बोकेर जाँदै गरेको मिनिबस दूर्घटना भएको भन्ने जानकारी आएको छ ।’

सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । सवार यात्रुहरु शिखरबेसीस्थित घ्यावामा गएर फर्किँदै थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ