arrow

जातीय र धार्मिक संस्थाहरुलाई कांग्रेसको भातृ एवं शुभेक्छुक संस्था बनाउन नहुने शोभाकरको प्रस्ताव

'समानुपातिक एवं सबैखाले आरक्षणका लागि एकपटक मात्र अवसर'

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
shobhakar-parajuli.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पूर्व सचेतक शोभाकर पराजुलीले पार्टीको विधानमा संसोधनका लागि सात बुँदे प्रस्ताव गरेका छन्। 

बाराको महासमिति सदस्यको बारेमा टुङगो लाग्न नसकेपछि महासमिति वैठकमा भाग लिन नपाए पनि पराजुलीले महासमितिका सदस्यहरुसँग विधानमा सात बुँदे संशोधन गर्नका लागि अनुरोध गरेका छन्।

पराजुलीले क्रियाशील सदस्यहरुको अद्यावधिक वैज्ञानिक, निश्पक्ष एवं पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरेका छन्।  वडा तहदेखि केन्द्रसम्मका सबै पदाधिकारी एवं सदस्यहरुको चयन निर्वाचनद्वारा नै गर्नुपर्ने र ती सबैका मतदाता क्रियाशील सदस्यहरु हुनुपर्ने विषयलाई विधान संसोधनमा समेट्नु पर्ने पराजुलीको प्रस्ताव छ। 

संसोधित विधानमा सबै तहमा पदेन प्रतिनिधि रहने प्रावधान हटाउनु पर्ने प्रस्ताव समेत पराजुलीले गरेका छन्। जातीय र धार्मिक संस्थाहरुलाई भात्री एवं शुभेक्छुक संस्था बनाउन नहुने प्रस्ताव पनि पराजुलीको छ। 

समानुपातिक एवं सबैखाले आरक्षणका लागि एकपटक मात्र अवसर दिइनुपर्ने प्रस्ताव गरेका पराजुलीले विधान पालना नगरिएमा सबै तहका पदाधिकारी एवं सदस्यहरु स्वतः असक्षम, नालायक र अयोग्य ठहरिने स्पस्ट प्रावधान राख्नुपर्ने प्रस्ताव गरेका छन्।   

पार्टीको महाधिवेशन सकिएको २ महिनापछि मनोनित गरिएका सबै पदाधिकारी एवं सदस्यहरु अवैध हुने प्रस्ताव पनि पराजुलीको छ।

पराजुलीले सो प्रस्तावलाई विधान संसोधनका क्रममा महासमितिका सदस्यहरुलाई समेट्न आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ