प्रदेश ५ मा नेकपाको प्यानलमाथि कांग्रेसका इन्जिनियरहरु हावी, अध्यक्ष सहित बहुमत कांग्रेसका विजयी
प्रकाशित २०७५ मंसिर २९ शनिबार
562
Shares
बुटवल । नेपाल इञ्जिनीयर्स एशोसिएशनको प्रदेश नम्वर ५ मा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समुहका कुसुमराज ज्ञवाली निर्वाचित भएका छन्। नेपाल इञ्जिनीयर्स एशोसिएशनको शुक्रवार भएको मतदानको शनिवार बिहान सम्पन्न मतगणनाबाट सत्तारुढ दल नेकपा निकटको प्रगतिसिल समुहका छबिन्द्र भट्टराई भन्दा ४५ मत बढी ल्याई ज्ञवाली अध्यक्षमा निर्वाचित भएको हुन्।
इञ्जिनीयर्स एशोसिएशनको देशैभर एकसाथ मतदान भएको थियो । प्रदेश ५ मा बुटवल, दाङ र नेपालगञ्ज गरी ३ ठाउमा बुथ खडागरी मतदान र गणना भएको थियो । बुटवलबाट ५० मत बढी ल्याउनु भएका ज्ञवालीले दाङ र नेपालगञ्जबाट ५ मत कम प्राप्त गरेेेकाले थिए । ज्ञवाली सहित प्रदेश ५ बाट केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ४ जना प्रदेश सदस्यमा लोकतान्त्रिक समुहबाट निर्वाचित भएका छन । ६ जना प्रदेश सदस्य प्रगतिसिल समुहबाट निर्वाचित भएका छन ।
लोकतान्त्रिक समुहबाट केन्द्रिय सदस्यमा पारश खडका निर्वाचित भए। त्यस्तै लोकतान्त्रिकबाट उपसभापतिमा निवेश कुमार शर्मा, सचिवमा बिश्व रञ्जन मिश्र, सहसचिवमा यादव नेपाल र कोषाध्यक्षमा अमित खनाल तथा सदस्यमा,महेश्वर लम्साल, दिपक जंग चौधरी,सुरज केसी र सुजता ढकाल निर्वाचित भए ।
प्रगतिसिल समुहबाट सदस्यमा अरुण खनाल,रामु श्रेष्ठ,दिपक कुवर,प्रभा पाण्डे,किरण काफ्ले र लाल बहादुर बुढा निर्वाचित भए ।