arrow

बझाङमा पेस्तोलसहित मिजार पक्राउ

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष २ सोमबार
pestol1.jpeg

बझाङ। बझाङ जिल्लाको गाँउपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । थलारा गाँउपालिका वडा नम्बर ६ पिखेत नुवाघरका अन्दाजी ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् ।

केही समय अघि धारतबाट आँउदा पेस्तोल ल्याएको भन्ने हल्ला पाएपछी प्रहरी आईतबार मिजारको घरमा छापा हान्दा पेस्तोल सहीत पक्राउ परेको प्रहरी नायब उपरिक्षकब प्रविण धितालले बताए। घरमा पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

इलाका प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले घरमा खानतलासी गर्दा एक थाल कटुवा पेस्तोल फेला परेको हो । पेस्तोल सहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेको प्रहरीले डीएसपी धितालले बताए । मजिरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भएको उनको भनाई छ ।  
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ