arrow

स्थानीय तहका २० हजार कर्मचारी एकैपटक आन्दोलित, समायोजनमा विभेद किन ?

मंगलबारदेखि तीन दिन कालोपट्टी बाँधेर काम गर्ने 

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
nijamati-karmachari.jpg

काठमाडौँ । स्थानीय तहका झण्डै २० हजार कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले  ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै सोमबार देशभरका स्थानीय तहको कामकाज ठप्प पारे । 

कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । 

उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए । उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए । 

अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उनका अनुसार मंगलबारदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए । 

पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उनले जानकारी गराए । देशभरि सबै स्थानीय तहमा स्थायी र अस्थायी गरी करीब २० हजार कर्मचारी रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ