महासमितिले यस्तो प्रस्ताव पास गरी बैठक सकोस् –दीपकप्रसाद कुइँकेल
प्रकाशित २०७५ पुष ३ मंगलबार
450
Shares
काठमाडौं । नेपाली कांग्रेसको चालु महासमिति बैठकमा सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको छ । उक्त क्रममा महासमिति सदस्य एवं पूर्व सांसद दीपकप्रसाद कुइँकेलले पनि विभिन्न माग माग राखेर त्यस्ता प्रस्ताव पास गरी महासमिति बैठक सम्पन्न होस् भनी कामना गरेका छन् ।
उनका प्रस्तावहरु निम्न छन् –
१, राजनैतिक प्रस्ताव
क, ७ साल देखि ७४ साल सम्म नेपाली काग्रेसको नेतृत्वमा भएको परिवर्तनको अपनत्व लिँदै परिवर्तनको रक्षा गर्ने ।
ख, संविधानको सफल कार्यान्वयन गर्ने गराउने ।
ग, राष्ट्रियता, धर्म, संस्कृति र ब्यक्तिगत स्वतन्त्रताको रक्षा गर्ने गराउने ।
२, सांगठनिक प्रस्ताव
क, संगठन संचालनमा भएको कमि कमजोरीको आत्मसाथ गर्दै कमिकमजोरी नदोहोर्याउने प्रण गर्ने ।
ख, केन्द्रदेखि टोल समितिसम्म कार्यतालिकासहित कार्ययोजना बनाइ लागु गर्ने गराउने । सबै तहका सदस्यलाई जिम्मेवारी दिने र जिम्मेवारी बनाउने ।
ग, केन्द्र र प्रदेशहरुमा गुण र दोषको आधारमा सशक्त प्रतिपक्षको भुमिका निभाउने र स्थानीय तहमा जनभावना अनुसार काम गर्ने गर्न लगाउने ।
३, बिधान संसोधन
क, नेपाली काँग्रेसको बिधान मान्ने सबै नेपालीलाई सदस्य दिने ब्यबस्था गने ।
ख, केन्द्रीयसमितिदेखि टोलसमिति सम्म ६० प्रतिशत खुला (प्रत्यक्ष) र ४० प्रतिशत जनसंख्याको आधारमा समानुपातिक समाबेसी प्रतिनिधित्व गराउने । जसमा कम्तीमा ३३ प्रतिशत महिला र १० प्रतिशत ४० बर्ष मुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने ।
ग, वडादेखि सांसदसम्मको उम्मेद्बारी चयन गर्न सम्बन्धित तहका सदस्यको मतदान गरि बढी मत ल्याउने तीन जनाको नाम सिफारिस गर्ने र माथिल्लो तहबाट चयन गर्ने ब्यबस्था गर्ने ।
४, आर्थिक प्रस्ताव
क, आर्थिक नितिको समीक्षा गर्दै साना र मध्यम उद्योगलाई संरक्षण र प्रबर्द्धन गर्ने निति लिने , शिक्षा र स्वास्थलाई सार्वजनिक निजि साझेदारी आधारमा संचालन गर्ने ।
ख, राष्ट्रिय पुँजीको विकास गर्न निजि क्षेत्र लाई प्रोत्साहन गर्ने र वैदेशिक पुजी भित्र्याउने बाताबरण तयार गर्ने र ठुला उद्योग, उर्जा र पुर्वाधारमा लगानी गर्ने ब्यबस्थाको साथै लगानीको सुरक्षा को ग्यारेन्टी गर्ने नीति लिने ।
ग, निमुखालाई न्याय र बिपन्नलाई आयको ब्यबस्था गर्ने ।
५, पार्टीको आन्तरिक आर्थिक ब्यबस्थापन
क, सबै सदस्य सग लेबि को सकलन गरि सबै तहमा बाँडफाँड र पार्दशिताको लागि नियमावली बनाएर अनिवार्य लागू गर्ने ।