पाल्पा । पाल्पाको रामपुरमा भीरबाट लडेर एक बृद्धको ज्यान गएको छ । रामपुर नगरपालिका वडा नम्बर १ खटाङका ६५ बर्षिय बृद्ध लाल बहादुर सार्कीको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
रामपुर ४ दर्छामा रहेको छोराको घरमा आएर फर्कदै गरेका सार्की कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर १ गाँडाकोट एकबार क्षेत्रमा भीरबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपालसिंह रानाले बताए ।
घरमा नआइसकेपछि आफन्तले खोजी गर्दा स्थानीयले नाम्लेसाल सामुदायिक बन क्षेत्रमा पर्ने कालीगण्डकी नदी छेउको भीरमा फेला पारेका थिए । मादक पदार्थ सेवन गरेका उनको भीरबाट लडेर ढुङ्गामा परेकाले ज्यान गएको स्थानीयले बताएका छन् ।