arrow

सादगी नेता किसुनजीको सम्झना 

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
Krishna-Prasad-Bhattarai.jpg.jpeg

काठमाडौं । नेपाली राजनीतिका सबैभन्दा सादगी नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आइतबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईको जन्म जयन्तीमा काँग्रेसले विशेष सम्झना गर्दैछ । 

यसपटक महासमिति बैठक चलिरहेकाले पनि काँग्रेसले ठूलो र भब्य कार्यक्रम गर्न नलागेको बुझिएको छ । तर कतिपय नेताहरुले महासमितिमै किसुनजीको व्यक्तित्वबारे चर्चा गर्ने बुझिएको छ । 

राजनेताका रुपमा नेपालीमाझ परिचित भट्टराईलाई काँग्रेसजनमात्र हैन अन्य दलका नेताहरुसमेत सम्मानपूर्वक ‘किसुनजी’ भनेर सम्वोधन गर्ने गर्छन् । 

किसुनजी लोभलालच नभएका नेता थिए । उनको आम्दानी र खर्चको विषयलाई लिएर लामो समयसम्म चर्चा भइरहने छ । दुई पटकसम्म प्रधानमन्त्री भएर पनि उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट केवल सुराही, ट्याम्का र छातामात्र लिएर फर्के । 

किसुनजीसंग बीपी कोइरालाको विचार मिल्दथ्यो । किसुनजी हक्की स्वभावका पनि थिए । बीपीको विचार, किसुनजीको स्पष्टता र गणेशमान सिंहको निडरताले काँग्रेस यहाँसम्म आइपुगेको विश्लेषण गरिन्छ । 

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १९२४ मा भारतको बनारसमा जन्मिएका किसुनजी २०६७ साल फागुन २० गते बितेका थिए । 

उनी जीवनभर अविवाहित रहे । उनले सादगी जीवन बिताए । दुई पटक प्रधानमन्त्री भए पनि धेरै सुविधा लिएनन् । बाडेगाउँमा उनका लागि आश्रम बनाइए पनि त्यो अहिले अलपत्र छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ