arrow

अस्पतालको जग्गा खरिदका लागि ढकालद्वारा दश लाख सहयोग

logo
नारायण रिजाल,
प्रकाशित २०७५ पुष ८ आइतबार
Chandra_Dhakal__aspatal_News.jpg

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको पैयुँपाटा स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अगाडि बढाईएको छ । अस्पताललाई आवश्यक पर्ने जग्गा खरिदका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष एवं युवा उद्यमी चन्द्र ढकाल १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन ।

प्राथमिक अस्पताल निर्माणका लागि ७ रोपनी क्षेत्रफलको जग्गा आवश्यक हुने र उक्त जग्गा खरिद गर्नका लागि  ढकालले आर्थिक सहयोग गरेका हुन । जग्गा व्यवस्थापन पछि सुविधा सम्पन्न तीन तले भवन निर्माणको काम अगाडि बढने छ ।

ग्लोबल आइएमई बैकका अध्यक्ष समेत रहेका ढकालले आफू जन्मेको ठाउँमा निर्माण हुन थालेको प्राथमिक अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन । ‘आफू जन्मेको ठाउँका जनता स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जान नपरोस् भनेर सहयोग प्रदान गरेको हुँ’, ढकालले भने, म जस्तै सहयोगीको रकमबाट नै सुविधा सम्पन्न अस्पातल निर्माण हुनेछ ।

स्वास्थ्य चौकीलाई तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा उनका प्रमुख सल्लाहकार प्रताप पौडेललको सहयोगमा स्तरोन्नती गरी प्राथमिक स्वास्थ्य अस्पताल निर्माणको लागि सुचिकृत गरिएको थियो । जग्गा व्यवस्थापनमा केही ढिलाई भए सँगै निर्माण प्रक्रियामा पनि ढिलाई भएको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।  वडा अध्यक्ष पौडेलका अनुसार  १३ लाख रुपैयामा खरीद गरिएको जग्गामा अपुग भएको रकम वडा कार्यालयले व्यवस्थापन गर्नेछ ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सुविधा सम्पन्न भवन निर्माण हुने स्वास्थ्य चौकी प्रमुख सुशिल पौडेलले बताए । अस्पतालको रुपमा स्तारोन्नती भए सँगै मेडिकल अधिकृत दरबन्दी सहितको सेवा सुविधाहरु थपिने छन । अस्पताल निर्माण सँगै बलेवा क्षेत्रका ३ वटै वडाहरुलाई सहज हुने जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ