arrow

सर्वसत्तावादको कारण मूलुक र जनता आक्रान्त : गुल्मी सभापति

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
bhuwan_shrestha.png

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सर्वसत्तावादको कारण मूलुक र जनता आक्रान्त भईरहेको अवस्थामा नेपाली कांग्रेस एकजुट भएर अघि बढ्न केन्द्रीय नेताहरुलाई आग्रह गरेका छन् । शनिबार नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले नेपाली सदन र सडकमा कांग्रेसको भूमिका कमजोर हुँदा भष्ट्राचार, अनियमितता र विकृति जस्ता घटनाहरु वृद्धि हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सभापति श्रेष्ठले जिम्मेवार प्रतिपक्षको भूमिकालाई बढाई देश र जनताको लागि सोच्न केन्द्रीय नेताहरुलाई अनुरोध गरेका छन् ।

हामी सत्ता, संगठन र प्रतिपक्षमा समेत असफल भएको कारणले अहिले नेपाली कांग्रेसका आम कार्यकर्ता र नेपाली जनताको बोलि समेत बन्द भएको सभापति श्रेष्ठले बताए । हामी एकताको सन्देश दिऊँ किनभने एकता मै नेपाली कांग्रेस तथा हामी सबै कार्यकर्ता र आम नेपली जनताको भविष्य रहेको भन्दै केन्द्रीय नेताहरुलाई गाउँ– गाउँमा जान समेत आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ