arrow

पूर्वराजालाई बीपी कांग्रेसको अभिनन्दन !

logo
प्रकाशित २०७५ पुष १५ आइतबार
ganendra_ex-king.jpeg

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीपी कांग्रेसले अभिनन्दन गर्ने भएको छ । आइतबार बिहान ११ बजेपछि पोखराको दुलेगौडामा अभिनन्दन गर्न थालेको हो । 

नर्मदेश्वर मोक्षधाम संरक्षण समितिले उक्त अभिनन्दन गर्न लागेको हो । उक्त समितिमा अधिकांश बीपी काँग्रेसका पदाधिकारी छन् । 

अभिनन्दनको संयोजन झपेन्द्र आचार्यले गर्दैछन् । भब्य कार्यक्रमसहित अभिनन्दन गर्न लागिएको उनले बताएका छन् । 

यसअघि पूर्वराजा ज्ञानेन्द्रले पोखरा लेखनाथ २९ मा रहेको नर्मदेश्वर शिव मन्दिरमा बिहान ११ बजे पूजाअर्जना गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । 

पूर्वराजा गत पुस २ गते पोखरा आएका हुन् । पूर्वराजपरिवारले अंग्रेजी नयाँ वर्ष पोखरामै मनाउने कार्यक्रम छ । 

उनीसंगै परिवार रहे पनि पूर्व युवराज पारस भने शनिबार चितवन हानिएका छन् । उनले साथीहरुसंग आइतबारको जन्मोत्सव मनाउँदैछन् । पारस शाह परिवार बिना नै जन्मदिन मनाउँदै


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ