प्रधानमन्त्री ओलीलाई गरिने नागरिक अभिनन्दनले इलामेको चेतनाकै अवमुल्यन : इलाम कांग्रेस
प्रकाशित २०७५ पुष १७ मंगलबार
374
Shares
इलाम। आगामी पुस २० गते इलाम नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागेको नागरिक अभिनन्दनको नेपाली कांग्रेस इलामले एक विज्ञप्ती मार्फत कडा शब्दमा बिरोध जनाएको छ।
खस्कदो शान्ति सुरक्षा, बलात्कार, तस्करी र भष्ट्रचार बृद्धि भइरहेको अवस्था तथा विवादास्पद धर्म प्रचारक संस्थासगको अप्राकृतिक साठँगाठ, आफ्नै पाटीमा समेत बिरोध र विवादमा मुछिएको सरकार प्रमुखलाई इलामवासीको नाममा नाटकीय ढंगले गर्न लागिएको अभिन्नदनले इलामेहरुको मान मर्यादा र चेतनामा समेत अवमुल्यन हुने हुदाँ भर्सना गरिएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
केही व्यक्ति राजनीतिक अभिष्ट पुरा गर्न तथा जनतालाई ढाँड सेक्ने गरी कर बृद्धी गरेकोमा समेत बारम्बार सचेत गराएको समेत इलाम कांग्रेस सभापति हिमालय कर्माचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। यही समयमा कुनै तयारी बिना नै लगानी सम्मेलन गर्न लागेको तथा यस्ता खाले साठँगाठसगै हुनुले सम्मेलनको औचित्य तथा सफलतामा समेत प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा जनाइएको छ।