arrow

गगन भन्छन् : 'सभामुखज्यू कार्यकर्ता जस्तो बन्नुभयो, प्रश्न गर्न नपाएसम्म विरोध जारी रहन्छ' 

सभामुखले संसद हुकुमी शेलीमा चलाउन खोजे

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
gagan2.JPG

काठमाडौं। नेपाली काँग्रेसका सांसद् गगन थापाले सभामुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसदमा आईतबार विरोध प्रदर्शन गर्न काँग्रेस बाध्य भएको प्रतिक्रिया दिएका छन्। संसद् बैठक पछि हाम्राकुरासँगको कुराकानीका क्रममा सांसद् थापाले प्रधानमन्त्रीले सम्बोधनको क्रममा नै प्रश्न सोध्नको लागि ५ मिनेटको समय माग गरेको बताए । तर, सभामुखले प्रधानमन्त्रीको सफ्टेरो हेर्दै पार्टी कार्यकर्ता जसरी प्रतिपक्षीलाई प्रस्न सोध्न समय नदिएको आरोप लगाए। 

हामी प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसद्मा विरोध जारी राख्छौं, सांसद् थापाले भने सभामुख ज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसद्मा काँग्रेस विरोधमा उत्रिएको हो । थापाले भने ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्न मन थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो, संसदमा किन आउनुपर्थो ?’

सभामुखले हुकुमी शैलीमा संसद चलाउन खोजेको आफूहरूलाई मान्य नहुने थापाले बताए ।

संसदको नियमावलीको २१९ मा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले जवाफ दिने भन्ने प्रावधान छ । सोही प्रावधान अनुसार सभामुखको अनुमति लिएर प्रतिप्रश्न गर्न पाउने व्यवस्था बमोजिम काँग्रेसले प्रश्न गर्न समय माग गरेको थियो ।

नेपाली काँग्रेसले नाराबाजी गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको संसद बैठक साढे ३ बजेसम्म पनि बस्न सकेन । संसद् बैठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली संसद्बाट बाहिरिएका थिए । उनी बाहिरिएपछि फेरि काँग्रेसले संसद्मा अवरोध गर्ने देखेपछि निर्धारित समयमा बैठक बस्न सकेन । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्तावमा उठेका प्रश्नको जवाफ पछि थप प्रश्न माग गर्दैै काँग्रेस सांसदहरुले समय दिन आग्रह गरेका थिए । सो आग्रहमा पछिल्ला कार्यतालिकामा समय दिन सकिने भन्दै सभामुख कृष्ण बहादुर महराले अहिले कार्यतालिका नभएको भनेपछि काँग्रेस सांसद्हरु प्रदर्शनमा उत्रिएका हुन् । 

विरोधकाबीच सभामुख महराले संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई निवृत्ति भरण सम्बन्धी विधेयक संसद्मा पेश गर्नको लागि समय दिएका थिए । सो समयमा काँग्रेस सांसद्हरुले चर्काे नाराबाजी गरेका थिए । सभामुख महराले प्रधानमन्त्रीको संम्बोधनमा प्रश्न गर्नको लागि सीमित सदस्यहरुको लागि मात्रै समय दिने बताएका थिए । सभामुख महराले प्रत्येक सदस्यलाई १ मिनेटको दरमा समय दिने बताएका थिए । तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेपछि सभामुख महराले दिएको समय पनि फिर्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ