पूर्वराजाले भने ‘पृथ्वीनारायणलाई विर्संदा मातृभूमिको अस्तित्वमा कालो बादल लाग्यो’
प्रकाशित २०७५ पुष २६ बिहिबार
273
Shares
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा भावुक र आक्रोश युक्त विज्ञप्ती निकालेका छन् । पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा सार्वजनिक वक्तव्य निकाल्दै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई भुल्दा र उनको योगदानको कदर गर्न नसक्दा अहिले मातृभूमिको अस्तित्व संकटमा परेको बताएका हुन् ।
‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ’ उनले विज्ञप्तीमा भनेका छन्नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ
उनले पृथ्वीनारायण शाहको चार जात ३६ वर्षको फूलबारी नेपाल भन्ने यो साना राज्यले आज्र्याको मुलुक होईन भन्ने जस्ता दिव्योपदेशहरु राज्य सञ्चालनको लागि सधैं दिव्योपदेश ै हुने बताएका छन् ।