arrow

स्वीस बैंकमा एक डलर समेत नभएको चन्द्र ढकालको स्पष्टोक्ति 

'हाम्रो विदेशमा कतै गैरकानूनी सम्पत्ति भेटिए राज्यले जफत गरे हुन्छ'

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
chandra_dhakal.jpg

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले स्वीस बैंकमा आफ्नो खाता नरहेको स्पष्टोक्ति दिएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले खोज पत्रकारिता केन्द्रले बुधबार सार्वजनिक गरेको समाचारप्रति आपत्ति जनाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । स्वीस बैंकमा कालो धन राख्ने व्यक्तिको सूचीमा आफ्नो नाम समेत राखिएको प्रति आपत्ति जनाउँदै अध्यक्ष ढकालले गैर कानूनी रुपमा स्वीस बैंक र विश्वका जुनसुकै स्थानमा आईएमई ग्रुपको एक रुपैयाँ पनि भेटिए त्यो राज्यले लिएमा आफूलाई कुनै आपत्ति नहुने प्रतिक्रिया समेत दिएका छन् । 

आफूले अनौपचारिक क्षेत्रबाट आईरहेको रेमिट्यान्सलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि ठूलो योगदान पु¥याएको दाबी गर्दै अध्यक्ष ढकालले सरकार र विदेशमा रहेका नेपालीलाई समेत सहजीकरण गर्नु के अपराध थियो ? भन्दै प्रतिप्रश्न गरेका छन् । उनले यसरी औपचारिक बजारबाट रेमिट्यान्स भित्र्याउने क्रममा आफूले धेरै धम्कीको सामना गर्नु परेको समेत सुनाए ।

उनले आफूले रेमिट्यान्सको काम गर्नकै लागि बेलायतमा एक पाउण्डमा कम्पनी खोलेको समेत स्पष्ट पारेका छन् । स्थापनाकालदेखि अहिलेसम्म आईएमईले १४ खर्ब रुपैयाँ रेमिट्यान्स औपचारिक क्षेत्रबाट नेपाल भित्र्याएको दाबी पनि ढकालको छ । यदि आफूले त्यो समयमा चुनौती नउठाएको भए अहिले राज्यको कूल जीडीपीमा ३० प्रतिशतको योगदान रहेको रेमिट्यान्स क्षेत्रको हालत अहिलेको जस्तो नहुनपनि सक्ने ढकालले प्रतिक्रिया दिए । 

अध्यक्ष ढकालले आफूहरुले ट्याक्स हेभन मुलुकबाट कुनैपनि शीर्षकमा लगानी समेत नभित्र्याएको दाबी समेत गरे । बदनियत राखी नेपालको कानूनले दिएको अधिकार प्रयोग गरी बेलायतमा खोलिएको एउटा कम्पनीलाई लिएर आफू विरुद्ध समाचार प्रेषित गरेको आरोप उनको छ । 

ढकालले कोरिया र भारतमा पनि आफ्नो कम्पनीले औपचारिक च्यानलबाट पैसा पठाउनको लागि महत्वपूर्ण योगदान गरेको दाबी गर्दै समाचार गलत समयमा गलत नियत राखेर प्रकाशित गरिएको प्रति आफ्नो गम्भीर आपत्ति रहेको प्रतिक्रिया दिए । 

ढकालले भाइ हेमराज ढकाल गैर आवासीय नेपाली भएको र नेपालको कानूनले गैर आवासीय नेपालीलाई विदेशमा लगानी गर्न छुट दिएकोले अहिले पनि आईएमईको विदेशमा बजार विस्तारको काम गरिरहेको स्पष्ट समेत पारेका छन् । ढकालले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर विभिन्न ३ देशहरुमा ग्लोबल आईएमई बैंकको समेत शाखा सञ्चालन गरिएको बताए । ती देशहरुको कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत ती बैंकहरु सूचीकृत रहेको भन्दै कानूनी रुपमा विदेशमा व्यवसाय गरिरहेका आफूहरुको मान मर्दन हुने समाचारमा भनिए जस्तो यदि त्यस्ता गैरकानूनी सम्पत्ति नरहेको पनि ढकालले स्पष्ट पारेका छन् ।

े  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ