arrow

महात्मा गान्धीमाथिको त्यो ३ गोली, के हत्याका दोषी स्वयं गान्धी थिए ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ माघ १६ बुधबार
mahatma-gandhi.jpg

काठमाडौं । ३० जनवरी अर्थात् आज भारतीय स्वतन्त्रता संग्रामका महानायक एवं भारतीय राष्ट्रपिता महात्मा गान्धीको शुभपुण्य तिथी । ७१ वर्ष अघि आज कै दिन भारतीय स्वतन्त्रता संग्रामका अर्का हस्ती नाथुराम गोट्सेको तीन गोली लागी गान्धीको निधन भएको थियो । स्वतन्त्रताका लागि लडेका गोट्सेले अर्का अभियान्ता गान्धीमाथि किन गोली प्रहार गरे ? यो विषय अझै पनि अनुमानमा मात्रै सीमित छ । 

गान्धीलाई मारिएको एक वर्ष पछि गोट्सेलाई सोही अभियोगमा भारत सरकारले फाँसी दियो । तर, फाँसी अघि यसको कारण जति सोधिएपनि गोट्सेले यसको बारेमा केही पनि खुलासा गरेनन् र फाँसीमा चढे । गान्धीको हत्याको अभियोगमा नाथूरामलाई १५ नोभेम्बर १९४९ को दिन उनलाई फाँसी दिईएको हो । हामी बताउँदैछौं को थिए नाथुराम र किन मारे उनले गान्धीलाई ?

नाथूराम हिन्दू राष्ट्रवादका एक कट्टर समर्थक थिए । उनको यो पहिचान गान्धीलाई जुन आरोपमा मारेका थिए त्यसले पनि पुष्टि हुन्छ । उनले सो दिन भन्दा अघि पनि पटक पटक गान्धीलाई मार्ने कोशिस गरेका थिए । तर, उनको त्यसदिन भन्दा पहिलेको योजनाहरु सफल हुन सकेको थिएन । सो दिन उनले एक कार्यक्रममा गान्धीको छातीमा तीन गोली हानेका थिए। सोही गोलीलागि गान्धी यो संसारबाट सदाको लागि विदा भए । 

नाथूरामको जन्म एक ब्राह्मण परिवारमा भएको थियो । उनी उच्च शिक्षालाई त्यसै छाडेर भारतीय स्वतन्त्रता संग्राममा होमिएका थिए । उनी केवल स्वतन्त्रता संग्रामका अभियान्ता मात्रै थिएनन् । उनी एक राजनीतिज्ञ, पत्रकार, अभियान्ता हुँदै अन्तमा अपराधी बनेर संसारबाट विदा भएका थिए । भनिन्छ उनी आफ्ना दाजुसँग राष्ट्रिय स्वय्रसेवक दलमा समेत आवद्ध थिए । पछि उनले आफ्नै हिन्दू राष्ट्रिय दल नामक संगठन खोलेका थिए । जसको उद्देश्य स्वतन्त्रता संग्राममा लड्नु नै थियो । 

गोडसेको आफ्नै समाचारपत्र पनि थियो । उनले निकाल्ने पत्रिकाको नाम हिन्दू राष्ट्रि थियो । उनी पनि कम्तिका राष्ट्रवादी थिएनन् । तर, उनी हिन्दू धर्मका एक सच्चा कार्यकर्ता थिए । जसले मुस्लिम धर्मलाई बढावा दिने काम गरेको आरोपमा गान्धीमाथि गोली चलाए । उनले आफ्ना पत्रिकामा विभिन्न किसिमका विचार र लेखहरु पनि छाप्ने गरेका थिए । 

शुरूमा उनी पनि महात्मा गान्धीका खरो अनुयायी थिए । गान्धीले जब नागरिक अवज्ञा आन्दोलनको सुरुवात गरे तब उनले केवल आन्दोलनको समर्थन मात्रै गरेनन् । ताकि उनले त्यसमा आफू र आफ्ना समर्थकलाई समेत सक्रियताका साथ स्वतन्त्रता संग्राममा परिचालन गरेका थिए । पछि उनी गान्धीको कट्टर आलोचक पनि बन्न पुगे । उनी पटक पटक आरोप लगाउने गर्दथे कि गान्धीले आमरण अनसनको हतियारले पटक पटक हिन्दूहरुको घाँटी रेटेका थिए । 

किन भयो गान्धीको हत्या ? 
गान्धीको हत्याको बारेमा धेरै सिद्धान्तहरुको तयार पारिएको छ । धेरैले यसलाई लिएर लेख लेखेका छन् । यसरी गान्धीको हत्याको विषयलाई लिएर धेरैले आफ्नो व्यापार चलाईरहेको भएपनि गान्धीको हत्या के कारणले भयो ? यो बारेमा भने अझै दुनियाँ बेखबर छ । यसको विषयमा केवल अनुमान गर्न सकिन्छ । स्पष्ट कारण भने जान्नु अब असम्भव नै होला । 

यस्तो हुनसक्छ सम्भावित कारणहरु 
यस्तो मान्ने गरिएको छ कि नाथुरामले मुलुकलाई खण्डित बनाउन चाहेकोले पनि गान्धीको हत्या गरेको हुनसक्छन् । मुलुक विभाजनको मुद्दा अघिबढीरहेको बेलामा गान्धीलाई पनि त्यसको जिम्मेवार बनाईएको थियो । नाथुरामको आरोप थियो कि दुबै तर्फ आफ्नो छवि राम्रो बनाउने चक्करमा गान्धी देशलाई विखण्डन गर्न चाहन्थे । गोट्सेको अर्काे आरोप पनि यो थियो कि मुस्लिमहरुलाई काखी च्यापेर हिन्दूहरुमाथि भेदभाव गरिएको थियो । सो काम गान्धीकै नीति अनुसार भएको आरोप गोट्सेले लगाउँदै आएका थिए । 

गोट्से त्यतिबेला एकदमै समस्यामा रहेको देखिन्थे जतिबेला कश्मीर समस्याको बाबजुद जिन्नाले गान्धीलाई पाकिस्तान यात्राको लागि सहमति दिए । उनी गान्धीको मुस्लिम प्रति बढी दया गरेर हिन्दूहरुको पर्वाह नगरेको भन्दै गान्धीप्रति रुष्ट बन्दै गएका थिए । उनी भन्थे गान्धी एक साधु बन्नसक्लान् तर, एउटा सच्चा राजनीतिज्ञ बन्न सक्दैनन् । 

एउटा तर्क यस्तो पनि दिने गरिएको छ कि कांग्रेसका सदस्यहरुले पाकिस्तानलाई सहमतिका बाबजुद पनि ५५ करोड रुपैयाँ नदिने फैसला गरेका थिए । त्यसमा गान्धी सहमत थिएनन् । उनले त्यो फैसला फिर्ता नलिए आमरण अनसन बस्ने घोषणा समेत गरेका थिए । यही विविध काराण्ले उनले अन्ततः १९४८ को जनवरी ३० का दिन गान्धीमाथि गोली चलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ