अत्यावश्यकीय बाहेक अस्पतालमा सबै सेवा ठप्प, डा गोविन्द केसी थप गम्भीर, २४ दिन भयो सरकारले नसुनेको
प्रकाशित २०७५ माघ १८ शुक्रबार
442
Shares
काठमाडौं। शुक्रबार देशैभरका अस्पतालमा अत्यावश्यकीय बाहेकका सेवा ठप्प पारिएको छ । सत्याग्रही डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आव्हानमा शुक्रबार देशैभर ओपीडी सेवा ठप्प पारिएको हो।
२४ दिनदेखि आमरण अनसनमा बसेका डा केसीको माग पूरा गर्नु त कता हो जीवनरक्षाका लागिसमेत कुनै पहल नगरेपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।
उनीहरुले सोमबारदेखि बिहीबारसम्म रिले अनसन बसेर सरकारलाई दवाव दिएका थिए । तर सरकारका कोही पनि प्रतिनिधि अहिलेसम्म डा केसीको जीवन रक्षाका लागि नगएपछि आन्दोलित भएका हुन् ।
चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले एउटा सत्याग्रहीको ज्यान बचाउन आग्रह गर्दै शुक्रबार एक दिन अत्यावश्यकीय बाहेकका सबै सेवा ठप्प गर्ने निर्णय गरेको बताए ।
यसैबीच डा केसीको स्वाथ्य थप गम्भीर भएको छ । उनी बोल्न छाडेको एक हप्ता भइसकेको छ । भेट्न जानेहरुसंग आँखामात्र जुधाउने गरेका छन् ।
कुनै पनि बेला उनको शरीर तलमाथि हुने भन्दै चिकित्सकहरुले गम्भीर चिन्ता गरेका छन् ।