arrow

राम्रो लिडर र सफल व्यक्ति बन्न चाहिन्छ यी ४ गुण

logo
चाणक्य ६,
प्रकाशित २०७५ चैत २९ शुक्रबार
chanakya2.jpg

काठमाडौं ।  चाणक्य नीतिको ११ औँ अध्यायको पहिलो श्लोकमा ४ गुणको बारे  बताइएको छ ।  जुन गुण सफल व्यक्ति वा असल लीडरमा हुन्छ । सो गुण सिकेर भन्दा पनि मानिसहरुमा जन्मजात रहन्छ । जसको प्रभावबाट हरेक काममा सफलता मिल्छ । आजको समयमा जागरीर, व्यापार तथा अन्य क्षेत्रमा यी गुणको कारण सफलता मिल्छ ।

दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः।।१।।

दानी
दान दिनु कुनै व्यक्तिको स्वभावमा हुन्छ । कुनै पनि मानिसलाई दान दिन सिकाउन सकिदैन । यो स्वभाव त्यस मानिस भित्रको गुण हो ।  

निर्णय लिने क्षमता
कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिदैन । जुन व्यक्ति उचित समयमा सही निर्णय लिन्छ , सो व्यक्ति जीवनमा सफलता प्राप्त गर्छ ।

धैर्यता
धैर्यता मनुष्यको सबैभन्दा राम्रो गुण मानिन्छ । कठिन समयमा आफ्नो धैर्यता कायम राख्नाले मानिस खराब समयबाट निकल्न सक्छ । यो गुण व्यक्तिको जन्मसँगै आउछ । धैर्यतालाई पनि सिकाउन सकिदैन ।

मीठो बोली
मीठो बोली मानिसको सबैभन्दा ठुलो गुण मानिन्छ , यो गुण पनि मनुष्यको स्वभावमा हुन्छ । कसैलाई राम्रो बल्न सिकाउन सकिदैन ।

यो पनि पढ्नुहोस ।

यी २ गल्ती गर्ने पुरुषको चाडै हुन्छ पतन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ