arrow

मोबाईल फाईनान्सिङको नियमनको लागि दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
nta-nrb-mobile.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्रबैंक बीच मोबाईल फाइनान्सिङ सेवाको नियमनको लागि सम्झौता भएको छ । उक्त समझदारी पत्रमा शुक्रबार नेपाल राष्ट्र बैंकका गवर्नर डा चिरञ्जीवी नेपाल र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सेवालाई प्रभावकारी र विश्वसनीय बनाउनको लागि दुबै नियमनकारी निकायले संयुक्त रुपमा गर्नुपर्ने कार्यहरु, यसकालागि समन्वयका क्षेत्र र विकास रणनीति समेत समझदारी पत्रमा पहिचान गरिएको छ । 

दूरसञ्चार प्रविधिको प्रयोग गरी देशमा क्रियाशील विभिन्न भुक्तानी सम्बन्धी कार्यमा संलग्न भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक र दूरसञ्चार सेवा प्रदायक सेवा संस्थाहरुसँग सम्बीँधत कार्यलाई सहजीकरण तथा नियमन गरी आवश्यकता अनुसारको नीति निर्माण कार्यमा समेत सहयोग पुर्याउने उद्देश्यले दुबै नियमनकारी निकायहरुको प्रतिनिधित्व हुने गरी एक संयुक्त समन्वय समिति समेतको गठन भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

दूरसञ्चार क्षेत्रमा अन्तराष्ट्रिय रुपमा भईरहेको तिब्र विकाससँगै नेपालमा समेत नवीनतम प्रविधि मार्फत् दूरसञ्चार सेवाको उपयोग तिब्र रुपमा बढ्दै गएको प्राधिकरणले जनाएको छ । 

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ