arrow

सनी देवलले माने अध्यक्ष अमित शाहको प्रस्ताव, भाजपा प्रवेश

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
sunny-deol1.jpg

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहको प्रस्ताव स्विकार गर्दै  बलिउड अभिनेता सनी देवल भाजपा प्रवेश गरेका छन् ।  योसँगै सनी देवल पनि राजनीतिमा आउने भएका छन् । उनी गुरदासपुर सीटबाट चुनावमा उठ्न सक्ने संभावना छ। सनी देवलले केन्द्रीय मन्त्री पीयूष गोयल र निर्मला सीतारमणको उपस्थितिमा भाजपा पार्टीको सदस्यता लिए ।

केहि दिन पहिले भाजपा अध्यक्ष अमित शाह  सनी देवललाई मनाउन उनको निवास पुगेका थिए ।  अमृतसर लोकसभा सीटबाट कुनै वजनदार उम्मेदवारलाई मैदानमा उतार्न भाजपाको तयारी छ । सोहि अनुसार भाजपा राष्ट्रीय अध्यक्ष अमित शाह सनी देवललाई मनाउन देवल निवास पुगेका थिए।

उनिहरु बिच भएको बैठकको अनुसारै देवल भाजपा प्रवेश गरेका हुन् । अमृतसरको लागि भाजपा र शाह कुनै कसर बाकी राख्न नचहाने बताउदै आएका छन् । भाजपा जुनसुकै हालतमा सनीलाई अमृतसरबाट उम्मेदवार बनाउने प्रयासमा छ ।

यसभन्दा पहिले भाजपाका बरिष्ठ नेताहरुको कयौ पटक सनी देवलसँग कुराकानी भएको थियो  । सो समय सनी तत्काल राजनीतिमा आउन तयार भएका थिएनन् । त्यसपछि अमित शाह उनलाई मनाउन पुगेका थिए।

यो पनि पढ्नुहोस

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ