arrow

यस्ता मानिसलाई हुन्छ तनाव

logo
चाणक्य १०,
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार
chanakya42.jpg

काठमाडौं ।  चाणक्य नीतिमा कयौ  ज्ञानको बारेमा बर्णन गरिएको छ । चाणक्यको नीतिलाई बुझे हरेक मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ । यी नीतिहरुमा  धर्म र ज्ञानको सहि प्रयोग कसरी गर्ने बताइएको छ । आचार्य चाणक्यले आफ्नो नीति ग्रन्थको सातौ अध्यायको १२ औँ श्लोकमा कुन प्रकारका मानिसले सधै तनाव झेल्नुपर्छ सो बताएका छन् ।

नात्यन्तं सरलेन भाव्यं गत्वा पश्य वनस्थलीम्।
छिद्यन्ते सरलास्तत्र कुब्जास्तिष्ठन्ति पादपाः।।१२।।

नीतिका अनुसार जुन मानिसको स्वभाव धेरै सोझो छ उनिहरु यस्तो हुनु हुदैन । यो उनिहरुको लागि राम्रो हैन । जंगलमा जुन रुख सीधा छ सबैभन्दा पहिले त्यसलाई काटिन्छ त्यस्तै सोझा मानिसहरु पनि अरुको निशानामा पहिले पर्छन् । यस कुरामा एक गहिरो अर्थ लुकेको छ ।

चाणक्य भन्छन्, 'जुन मानिसको स्वभाव चाहिने भन्दा ज्यादा सीधा, सरल र सहज हुन्छ । उनिहरुले समाजमा कयौ प्रकारका झन्झटको सामना गर्नुपर्छ । चलाख र चतुर मानिसहरु यीनिहरुको सीधा स्वभावको गलत फाइदा उठाउछन् ।'

चाहिने भन्दा ज्यादा सीधा, सरल र सहज स्वभाव हुने मानिसलाई कमजोर मानिन्छ । अनावश्यक रूपमा यस्ता मानिसहरुको कष्ट झेल्नु पर्छ । ज्यादा सीधा स्वभाव भएका मानिसहरुलाई मूर्खताको श्रेणीमा हेरिन्छ ।

 यसैले व्यक्ति केहि चतुर र चलाख पनि हुनुपर्छ । ताकि उ जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न सकोस र समाजमा खराब मानिसहरुबिच सुरक्षित रहन सकोस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ