arrow

आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Pachthar.jpeg.jpeg

पाँचथर। पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या भएको छ। आरुबोटे ३ को वडा कार्यालय छेउमा सो घटना भएको हो।

धनराज शेर्माको ५ जना परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या भएको छ। कसले किन हत्या गर्यो खुलेको छैन। 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको छ । घटनामा ३ महिला र ६ जना पुरुष भएको जानकारी आएको छ । घटना पुष्टि हुन बाँकी छ।

घटनास्थल सदरमुकामबाट पाँच घण्टाको दूरीमा पर्छ । प्रहरी र सीआइबीको टोली गइरहेको हो। उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो। 

जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ