arrow

पाँचथरमा ज्वाई ससुराका परिवारैको हत्या, १२ वर्षीया बालिका भाग्न सफल (मृतकको नामसहित)

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Pachthar.jpeg.jpeg

पाँचथर। मिक्लाजुङ ३ आरुबोटेमा ज्वाई ससुरा नाता पर्ने दुई परिवारका सोमबार राती ९ जनाको हत्या भएको छ। आरुबोटे ३ को वडा कार्यालय छेउँमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको हो। 

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्।

घटनाको बारेमा स्थानियले बिहान मात्रै थाहा पाएका थिए। घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो। घट्नास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थलतर्फ लागेको छ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्नास्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्नास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।



नयाँ