arrow

विभत्स ९ जनाको हत्याबारे यसो भन्छन् प्रजिअ वस्ती र गाउँपालिका अध्यक्ष माखिम

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Miklajung_Gaunpalika.png

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति भएको विभत्स घटनामा ९ जनाको हत्या भएको छ। आरुबोटे ३ को वडा कार्यालय छेउमा भएको उक्त घटनामा धनराज शेर्माको ५ जनाको परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या भएको हो। 

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले घटनास्थलमा पुग्न चार घण्टा लाग्ने बताउँदै हाम्राकुरालाई भने, ‘दुई वटा प्रहरीको टोली खटिइसकेको छ। पाँचथर सदरमुकामबाट डीएसपीको कमाण्डमा र झापाबाट एसपीको कमाण्डमा टोली गएको छ।’ उनले तथ्य पत्ता लगाउन अझै केही घण्टा लाग्ने बताएका छन्।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार नाताले ज्वाईँ ससुरा पर्ने दुवै घरमा सबैको हत्या गर्ने षड्यन्त्र रहे पनि एक बालिका भने जिवितै फेला परेकी छिन्। उनको सदरमुकाम फिदिममा उपचार हुँदैछ। माखिमले १० जनाकै हत्या गर्ने षड्यन्त्र रहेको बताउँदै भने, ‘मारिएका सबैको काटिएको अवस्थामा शव फेला पर्यो।’

उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो। जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ