arrow

सुकेधारा र अनामनगर बम विस्फोटमा मृत्यु भएका चार जना विप्लवकै कार्यकर्ता : गृहमन्त्री

विप्लवसँग वार्ता र नियन्त्रण दुवै

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
bike-bomb.jpg

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले  विप्लव समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आइतबार राजधानीका विभिन्न स्थानमा भएका विस्फोटमा परी मृत्यु हुने चार जना सामान्य नागरिक नभई घटनामा संलग्न नै मारिएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिएकाम छन्  ।

 राष्ट्रियसभाको सोमबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै मन्त्री थापाले पछिल्लो समय देशका विभिन्न स्थानमा भएको विस्फोटमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको  समूहसँग वार्ता र संवादका माध्यमबाट समाधान खोज्ने बताएका छन् ।  

राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै मन्त्री थापाले सरकारले वार्ता र संवादसँगै नियन्त्रणको नीतिलाई समेत सँगसँगै लैजाने रणनीति लिएको जानकारी दिए । सरकारले पटकपटक वार्ताका लागि आह्वान गर्दासमेत वार्ता हुन नसकेपछि पछिल्लो समय नियन्त्रणमुखी नीति अपनाएको मन्त्री थापाको भनाइ थियो । विप्लव नेतृत्वको समूह वार्तामा नआए पतनको बाटोमा जाने उनको भनाइ छ ।

मन्त्री थापाले काठमाडौँ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा बाँसका भाटा, विप्लव समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ थियो । सांसद जीतेन्द्रनारायण देवले विप्लव समूहप्रति सरकारको धारणा सार्वजनिक गर्न माग गर्दै शान्ति सुरक्षाकोसमेत माग गरे।

त्यसैगरी सांसद रमेशप्रसाद यादव, प्रकाश पन्थ, तारादेवी भट्ट, अनिता देवकोटा र धनकुमारी खतिवडाले देशका विभिन्न स्थानमा भएको विस्फोटनका कारण जनतामा त्रास फैलिएको भन्दै सरकारसँग शान्ति सुरक्षा कायम गर्न माग गरे।

सुकेधारा विस्फोटमा दुईको मृत्यु, घटनास्थलमा प्रहरीको घेरा (तस्विर)

सुकेधारा विस्फोटमा वेवारिसे मोटरसाइकलको कनेक्सन खोज्दै प्रहरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ