arrow

चीनले अरुण नदीमा संरचना बनाउँदा नेपाली वस्ती गम्भीर खतरामा

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
tatbandha.jpg

संखुवासभा । सीमावर्ती क्षेत्रमा चीन सरकारले भौतिक संरचना निर्माण गर्न थालेसंगै संखुवासभाको उत्तरी विकट किमाथाङका वस्ती गम्भीर खतरामा परेको छ । चीनले अरुण नदीको किनारै–किनार मोटरबाटो पिच गरेर निर्माण गरेको छ । 

चीनले अरुण नदीको क्षेत्र मिचेरै मोटरबाटो पिच गरेको हो । यसकै कारण नदीको बहाब चीनको तिब्बततर्फ हानिन नपाएपछि नेपाली भूमि कटान गरेको हो । कामु खोला आसपासमा करिब दुई–तीन हेक्टर जमिन कटान गरेको स्थानीयहरुको भनाइ छ ।

किमाथाङ्का र सिमावर्ती चीनको तिब्बतको बीचमा रहेको अरुण नदीमा तटबन्ध नै लगाउनु परेको छ । बर्सेनि नदीको बहाबले माटो काट्न थालेपछि तटबन्ध लगाइएको हो ।

वस्ती जोखिममा परेपछि विकल्पका रुपमा तटबन्ध लगाउनु परेको स्थानीयहरु बताउँछन् । दुवै मुलुकको सिमाना अरुण नदी रहेको छ । वारी किमाथाङ्का र पारी चाँगा देङदाङ बजार पर्दछ भने बीचमा मितेरी पुल रहेको छ । 

तर किमाथाङ्काको बस्ती मुनीबाट अरुण नदी बगेकाले बर्सेनि माटो काँटिदा बस्ती नै जोखिममा परेको भन्र्दै स्थानीयहरु चिन्नित भएका छन् । 

नदीको बहाब रोक्न जिल्ला समन्वय समिति र गाउँपालिकाले बजेट बिनियोजन गरेर गत बर्षदेखि तटबन्ध लगाउन शुरु गरिएको स्थानीय वाङछेदर भोटेले बताएका छन् । 

गत बर्ष नदी किनारमा तटबन्ध लगाएपछि बहाबले माटो कटान गर्न पाएको छैन । ठूला नेताहरुलाई जति बजेट माग गरेपनि सुनुवाई नभएपछि गत बर्ष गाउँपालिकाको बजेटले तटबन्ध लगाइएको किमाथाङ्का–१ का स्थानीय वाङछेदर भोटेले बताए । 

उनका अनुसार गत बर्ष गाविसको १० लाख ८५ हजार ७ सय ६५ को कुल लागतमा ५ सय मीटर तटबन्ध लगाइएको हो । तारजाली र ढुङ्गा सिमेन्टको गारोले तटबन्ध लगाइएको छ ।

२०७२ सालमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई बर्षमा किमाथाङ्का सम्म ट्रयाक खोल्ने घोषणा गरेको थियो । हेलिकोप्टर चढेर नेताहरु तामझामका साथ त्यहाँ पुगे पनि त्यसपछि फर्केर गएका छैनन् । 

ओलीले दोस्रो पटक सरकारको नेतृत्व गरे पनि त्यो त्यत्तिकै थन्किएको छ । नेपाल सरकारले ध्यान दिन नसक्दा नै चीनको बलमिच्याइँ भइरहेको छ । 

सुरक्षामा समेत बेवास्ता गर्दा आफूहरु हेपिन पुगेको स्थानीयहरुको गुनासो छ । उनीहरुले नेपाल सरकारले अझै पनि गम्भीर भएर ध्यान नदिने हो भने नेपालको धेरै भूमि तिब्बतमा जोडिने खतरा रहेको समेत बताएका छन् । 

यो समाचार पनि पढ्नुहोस्– 

नेपालको ३६ हेक्टर भूमी तिव्वतमा, अझै धेरै गाभिएको हुन सक्ने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ