काठमाडौं । मुलुकभरको मौसम बिग्रिरहँदा छिनमा हावाहुरी र छिनमा वर्षा भइरहेको छ । पश्चिमी चापिय असरका कारण सुदूरपश्चिममा बिहीबार बेलुकी तीव्रगतिमा हावा हुरी आयो । त्यो क्रमले शुक्रबार बिहानसम्म काठमाडौंमा निरन्तरता पायो ।
अब यो हावाहुरी बिस्तारै पूर्वतिर सरिरहेको छ । मौसमविद् विभूती पोखरेलले हावाहुरीसहितको वर्षा र चट्याङ पूर्वतिर सरेको भन्दै सचेतना अपनाउन आग्रह गरेकी छिन् ।
उनले हावाहुरी र मेगर्जनसहितको वर्षा केही दिन रहने पनि जनाएकी छिन् । उनले भनिन्, ‘प्रिमनसुन यस्तै हुन्छ, यसले हावाहुरी निम्त्याउँछ, यो क्रम अझै रहन्छ ।’