arrow

अष्ट्रेलियन थिंक ट्यांकको चेतावनी : २०५० सम्ममा अन्त्य हुनसक्छ मानव सभ्यता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ जेठ २५ शनिबार
risk-2050.JPG

काठमाडौं । दिन प्रतिदिन बढ्दो जलवायु परिवर्तनका कारण अबको केही वर्षमा नै विश्व गम्भीर संकटमा पर्नसक्ने चेतावनी जानकारहरुले दिएका छन् । एक अस्ट्रेलियन थिङ्कट्याङ्क संस्थाले गरेको एक अध्ययन रिपोर्टले जलवायू परिवर्तन सम्बन्धी नयाँ चेतावनी दिएको हो। यदि अहिलेदेखि नै सबै देशहरुले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसारको काम नगर्ने हो भने अबको ३ दशकमा मानव सभ्यता नै समाप्त हुने बाटोमा जाने चेतावनी अध्ययनले दिएको छ । रिपोर्टमा यो पनि भनिएको छ कि यसबारेमा यदि कुनैपनि ठोस कदम नचाल्ने हो भने अब आउने तीन दशक यानी ३० वर्ष भित्र नै हाम्रो मानव सभ्यता इतिहासको सबैभन्दा खतरा तर्फ जाने निश्चित छ । 

२०५० सम्म हुनेछ सबैभन्दा खराब स्थिति
अस्ट्रेलियन थिङ्कट्याङ्क ब्रेक थ्रो नेशनल सेन्टर फर क्लाइमेट रिस्टोरेसनद्वारा प्रकाशित  एक रिपोर्टका अनुसार, २०५० सम्म यस्तो भयानक परिस्थितिहरु पृथ्वीमा आउन सक्नेछ । जसले प्रलय जस्तो भयानक विनाश हुनसक्छ । जलवायु परिवर्तन र बढ्दो गर्मीलाई हेरेर उनीहरुले यस्तो विश्लेषण गरेका छन् । सो विश्लेषण अनुसार निष्कर्ष के निस्किएको छ भने अबको ३० वर्षपछि स्थिति एकदमै समस्या ग्रस्त हुनेवाला छ। 

यस रिपोर्टका अनुसार आजको दिनमा पृथ्वीमा जति धेरै जनघनत्व बढिरहेको छ । यसका साथसाथ जति धेरै प्रदुषण समेत बढिरहेको छ  त्यसले गर्दा जलवायु विग्रिएर धेरै हदसम्म ध्वस्त भइसकेको छ । यसले इतिहासमा कहिलैपनि नदेखिएको समस्या सिर्जना हुनसक्छ । हामीसामु यस्तो कुनैपनि तथ्यांक छैन जसले आजको परिस्थितिलाई दर्साउन सकियोस् । 

रिपोर्टमा जो विश्लेषण गरिएको छ र जुन कुरा लेखकले आजको अवस्थालाई देखेर लेखेका छन् । यसले यही पुस्ता र भावी पुस्ताहरु निकै ठूलो समस्याको शिकार बन्नेवाला छन् । उनीहरुले भनेका छन् कि २०५०सम्म परिस्थति ज्यादा विकराल हुनेवाला छ । तार्किक कुरा त यो छ उनीहरुको यो कुरा केवल एक अनुमान मात्रै होइन यो एक अध्ययनमा आधारित छ । उनको तीन दशकको अध्ययनपछि पृथ्वीमा के के हुनसक्छ ? तल उल्लेख गरिएको छ । 

२०२०-२०३०को स्थिति
पृथ्वीको तापमानलाई नियत्रणमा राख्नको लागि गत वर्ष पेरिसमा एक बैठक भएको थियो । जसमा कैयौं देशका सरकार प्रमुखहरु सहभागी थिए । जसमा अमेरिका, चीन र भारत जस्ता विशालकाय देश समेत सामेल थिए । उनीहरुले आफ्नो सरकारले पेरिस सम्झौता अनुसार पृथ्वीको तापमानलाई नियन्त्रणमा ल्याउनको लागि कुनै ठोस कदम चाल्न सकेका छैनन् । बरु बढ्दो अवस्थामा प्रदुषण भइरहेको छ । रिपोर्टमा भनिएको छ 'अहिलेसम्म पनि ग्लोवल वार्मिङ्गको कारणले पृथ्वीको तापमान अब आउनेवाला दशकमा तीन डिग्रीसम्म बढ्न सक्छ । यो भयावह स्थिति हो ।' 

पछिल्लो सबै अध्ययनहरुलाई हेर्दा कार्बन डाइअक्साइडको स्तर ४३७ पार्ट्स पर मिलियनसम्म  पुगेको छ । यानकी प्रति १० लाख कणहरुमा कार्बनको ४३७ कण मिल्न थालेको छ । जो कि पृथ्वीको २ करोड वर्षको इतिहासमा त्यो आजसम्म भएको छैन । 

२०३०-२०५० सम्मको स्थिति 
सो रिपोर्टका अनुसार कार्बनको उत्सर्जन २०३० सम्म खासै धेरै मात्रैमा हुँदैन । जबकी  कार्बन चक्र फिडबैंक र जीवाश्म ईन्धनको निरन्तर उपयोगद्वारा तापमानमा २०५० सम्म ३ ° से (५.४ ° फ) सम्म बढ्ने उल्लेख छ  

२०५० सम्मको स्थिति
वैज्ञानिकहरुका अनुसार जसरी तापमान बढिरहेको छ । २०५० सम्म यदि तापमान ३ को ठाउँमा २ डिग्री सेल्सियस मात्रै बढ्यो भने त्यो पनि स्थिति भयानक साबित हुनेवाला छ। यसले ग्रीनल्याण्ड र अन्टार्टिकाको ठूला ठूला बरफको हिमनदीहरु पग्लिएर सकिनेछ र समुद्री जलस्तर बढ्न पुग्नेछ । यदि हामीले सोही समयमा तत्काल कार्बन उत्सर्जन बन्द गर्यौं भने पनि त्यसले केही फाइदा हुनेवाला छैन । 

त्यो समय मानिसहरुको लागि नियन्त्रण बाहिर हुनेछ । पृथ्वीमा विचित्र रुपले मौसम विग्रँदै गइरहेको हुनेछ र गर्मी झनै घातक बन्दै गइरहेको हुनेछ। जुन दिन प्रतिदिन असहनीय हुँदै जानेछ । रिपोर्टका अनुसार सन् २०५० मा एक वर्षमा २० दिन यस्तो आउने निश्चित छ जुन पृथ्वीको ५० प्रतिशत आबादीलाई सुकाउनेवाला गर्मी हुनेछ । जुन मानिसको सहनशील क्षमता भन्दा बाहिरको हुन्छ । 

उत्तर अमेरिकामा वाइल्डफायर, सुख्खा र हीटवेव सहित अत्यधिक मौसमको असर पर्नेवाला छ । चीनमा मनसुन विग्रन थाल्छ भने एशियाका महान नदिहरुहरु समेत सुक्न सक्छन् ।  पश्चिम अफ्रिकामा घातक गर्मीको स्थिति वर्षमा १०० दिनसम्म चल्नेछ । त्यस्तै, गरिब देश आफ्नो आबादीका लागि पर्याप्त कृत्रिम रूपले ठण्डा वातावरण प्रदान गर्न पनि असमर्थ हुनेछन् । यो स्थिति झनै बढी घातक हुनेछ । 

देशहरुबीच हुनसक्छ भयानक परमाणु युद्ध
यसैबीच खाद्य उत्पादन गम्भीर रूपले प्रभावित हुनेछ । वैश्विक बासिन्दाहरुलाई खुवाउनको लागि त्यो खाद्यान्न अपर्याप्त हुनेछ । यस समयमा अरबबाट सबैभन्दा धेरै मानिसहरु विस्थापित हुनेवाला छन् । त्यतिबेला न त उनीहरुको घर हुनेछ न त कुनै मद्दत नै । संसाधनहरुको अभावमा महाशक्तिशाली देशहरु एक आपसमा लड्न सक्छन् जसले त्यस समय परमाणु युद्धको समेत बहुत खतरा देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ