arrow

माईतीघरमा उत्रिएका प्रदर्शनकारीको निशानामा कुन् कुन् मन्त्री ?

logo
प्रकाशित २०७६ असार ४ बुधबार
maitighar-photo.jpg

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले सरकारको चर्काे विरोध गरेका छन् । गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

यो पनि पढ्नुहोस् :

प्रक्रिया मिचेर गुठी विधेयक फिर्ता गर्ने सरकारको व्यवहार झनै शंकास्पद 

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् । आफूहरु भाडाका प्रदर्शनकारी नभई स्वतस्फूर्त रुपमा संस्कृति जोगाउनको लागि आन्दोलनमा उत्रिएको भन्दै प्रधानमन्त्री विरुद्ध उनीहरुले आक्रोश पोखेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका थिए । 

यो पनि पढ्नुहोस् :

गुठी विधेयकविरुद्ध माईतीघर मण्डलामा उत्रियो जनसागर

त्यस्तै, उनीहरुको दोस्रो आक्रोश सञ्चारमन्त्री एवं सरकारका प्रवक्ताप्रति छ । प्रदर्शनकारीहरुलाई सम्बोधन गर्नेहरुले सञ्चारमन्त्रीले गुठीलाई सामन्तवादको स्वरुप भनेको प्रति आक्रोश व्यक्त गर्दै सञ्चारमन्त्रीको राजीनामा समेत माग गरेका छन् । आन्दोलनकारीहरुले गुठी कुनै सामन्तवाद नभई यो एउटा परम्परा र संस्कृतिको साधन रहेको समेत बताएका छन् । 

यो पनि पढ्नुहोस् :

गुठी विधेयक फिर्ता हैन खारेजीको माग, राजधानीमा बृहत् खबरदारी सभा
 

आन्दोलनकारीहरुले उनीहरुसँगै माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र यस्तो संस्कृति सिध्याउने विधेयक ल्याउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको समेत विरोध सहित राजीनामा माग गरेका छन् । 
Image may contain: one or more people, crowd, flower, sky, plant, tree, outdoor and nature

Image may contain: one or more people, crowd and outdoor

Image may contain: 10 people, people smiling, people standing and outdoor

Image may contain: 1 person, crowd and outdoor

Image may contain: one or more people, crowd, sky and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ