नयाँ प्रहरी प्रमुख आएपछि अपराधि धमाधम पक्राउ, नेपालगन्जमा सुरक्षा व्यवस्था कडा
भारत मुम्बइ जान लागेकी युवतीको उद्दार
सन्दिप योगी,
प्रकाशित २०७६ साउन २ बिहिबार
418
Shares
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख आएपछि अपराधिक क्रियाकलाप गर्नेहरु धमाधम पक्राउ परेका छन । जिप्रका बाँकेद्वारा भारतमा बेचिन लग्न लगेको अवस्थामा नाबालिका युवतीलाई उद्दर गरिव्को छ । नाबालिका युवतीलाई ईलाका प्रहरी कार्यालय जमुनाहा तथा बाँके जिप्रका टोलिले उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक(एसपी) सिपेरिटेण्डेन्ट अफ पोलिस वीर बहदुर ओलीको समन्वयमा भारत हिँडेकी (बि ३६) नाम परीवर्तन नाबालिका युवतीको मुम्बइ जान लागेको अवस्थामा प्रहरीले उद्दार गरेको हो । इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले भारतबाटै नेपाली चेलीको उद्दार गरेको हो । भारत हिँडेकी (बि ३६) नाम परीवर्तन नाबालिका युवतीको उद्दार गरिएको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी नायव निरिक्षक बसन्त बस्नेतले बताए ।
त्यस्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर ओली आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कर्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडा निर्देशन दिएपछि जिल्लाका ठाउँ ठाउँमा प्रहरी परिचालन गरिव्को छ । उपरीक्षक ओलिले अपराध नियन्त्रण गर्न विशेष रणनीति बनाइएको र मातहतका प्रहरी ईकाईहरुलाई निर्देशन दिइएको बताए । त्यस्तै उपरिक्षक ओलीको तथा इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेको सक्रियतामा चेलीको उद्दार भएपछि उनका बाबू आमाले प्रहरीलाई धन्यबाद दिएका थिए ।
उपरिक्षक ओली बाँके प्रमुख भएर आएपछी गुण्डा गर्दी गर्ने, अबैध सामानहरु तथा भन्सार छली गरेर सामान तथा वस्तुहरु ल्याउनेहरुलाई विशेष टोलि परीचालन गरि कानुनको दाएरमा ल्याएर भन्सार कार्यालय नेपालगन्जमा बुझाउने गरेका छन । प्रहरी उपरीक्षक ओलीले लागू औषध, हातहतियार नेपाल भारत सिमाबाट छिर्न सक्ने भएकोले सिमानाकामा अत्यन्तै सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन । इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रहरी नायव निरिक्षक वसन्त बस्नेतका अनुसार चेलीबेटी बेचबिखन हुने तथा हुन सक्ने लगायत अपराधीक क्रियाकलापहरुलाई पुर्ण नियन्त्रण गर्न उच्च सतकर्ता अपनाएको बताए ।
त्यस्तै नेपाली चेलीहरुको लुटिएका सामान तथा २८ पिस मोबाइल चोरी गर्नेलाई अनुसन्धान गरि पक्राउ गरेर मोबाइल फिर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रहरी नायव निरिक्षक वसन्त बस्नेतका अनुसार चेलीबेटीलाई लुट्ने ठग्नेहरुलाई खोजी गरि कानुनको दाएरामा ल्याइएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले वार्षिक कार्ययोजना सार्वजनिक गरेकाछन् । हालैमात्र सरुवा भएर जिल्लाको सुरक्षा सम्हालेका प्रहरी उपरीक्षक ओलीले शान्ति सुरक्षाका लागि आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
प्रहरी प्रमुख ओलीले पत्रकार सम्मेलन गर्दै जिल्लाको शान्ति सुरक्षाका लागि भन्दै ११ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । ओलीद्वारा सार्वजनिक ११ बुँदे सुरक्षा कार्ययोजनामा जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सबै प्रकारको भय र त्रासबाट मुक्ती दिलाउने पहिलो प्राथमिकतामा रहेकोछ ।
यसैगरी सेवामुखी, ब्यावसायिक, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी प्रहरी सेवाको प्रत्याभूति दिने, सेवाग्राहीलाई छिटो, सरल र सहजरुपमा प्रहरी सेवा दिने, समुदायसँग सहकार्य, जनचेतनामुलक कार्यक्रम गर्ने, लागुऔषध रोकथाम र नियन्त्रण, फरार अभियुक्तको खोजतलाश र फैसला कार्यान्वयन, संगठित अपराध, गुण्डागर्दी, जुवातास नियन्त्रण, चोरी निकासी र पैठारी नियन्त्रण मानव अधिकारको संरक्षण र प्रवद्र्धन तथा सडक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक ओलीले कानून कार्यान्वयनका लागि कुनै सौदाबाजी वा बार्गेनिङ्ग नहुने बताए । न्याय दिलाउन कुनै दबाब नमान्ने र पिडितलाई न्याय दिलाएर छोड्ने बताए । संगठनमा ईमान्दार छवि बनाएका ओलीले तयार पारेको योजना सफल हुन्छ या हुँदैन त्यो भने समयक्रममा थाहा हुनेछ ।