arrow

धनगढीको निलम होटलमा विस्फोट हुँदा पाँच घाइते, घटनास्थलमा पेस्तोल समेत भेटियो

logo
सुनिल आउजी,
प्रकाशित २०७६ साउन २ बिहिबार
Dhangadhi-bomb.jpeg

धनगढी। धनगढीमा बिहीबार साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साँझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो।

विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह तथा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएका छन् । 

घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते सबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । 

घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ । 

प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने बताए । उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ