जनकपुरधाम । धनुषामा प्रत्येक वर्ष झै यसवर्ष पनि वृक्षारोपण गरी वीपीको स्मृति दिवस मनाइएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३७ औँ स्मृति दिवसको अवसरमा धनुषामा सोमबार वृक्षारोपण गरि मनाइएको हो ।
यस्तै नेपाली कांग्रेस धनुषाले नगराइन नगरपालिका वडा नम्बर जटहीमा निर्माणाधीन शहिद दुर्गानन्द झा अस्पताल प्रांगणमा आपको रुख रोपेको छ भने बनिनियामा समेत वृक्षारोपण गरेको छ ।
सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवको प्रमुख आतिथ्यमा जटहिमा वृक्षारोपण गरिएको र लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा पुर्बमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय महेन्द्र यादवको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
नगराइनमा नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी, कांग्रेस धनुषाका वरिष्ठ नेता स्मृति नारायण चौधरी, क्षेत्रीय सभापति कन्हैया लाल कर्ण, नगर सभापति मनोज साह, नगराइन नगरपालिका का मेयर परमेश्वर यादव लगायत नेता तथा कार्यकर्ता सहितको उपस्थिति रहेको थियो ।