सानैमा अमेरिका पुगे भनिएका चतुरेको दाउ प्रहार गरि हत्या, बोल्न नसक्ने श्रीमतीमाथि आरोप
प्रकाशित २०७६ साउन १० शुक्रबार
584
Shares
पोखरा । पोखरा महानगरपालिका १६ तल्लो गोष्टेमा बसोबास गर्दै आएका अन्दाजी ५० बर्षिय चतुरे भनिने सुकराम परियारलाई उनकै श्रीमती सिता परियारले दाउले टाउकोमा प्रहार गरी हत्या गरेको बताइएको छ ।
गत बुधबार साँझ दाउ प्रहारबाट घाईते भएका चतुरेलाई स्थानीयको सहयोगमा मातृशिशु मितेरी अस्पताल लगिएको थियो । अस्पतालमा प्राथमिक उपचारपछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनका अफन्तले घरमै लगेका थिए ।
घर पुगेको करिब आधा घण्टामै चतुरेको मृत्यु भएको उनकी सासुले बताइन् । बोल्न नसक्ने श्रीमतीले उनको हत्या गरिएको भनिए पनि त्यसको पुष्टि भने हुन सकेको छैन ।
ज्वाइँको छोरीले हत्या गर्न नसक्ने दाबी गर्दै उनकी सासुले आरोप अस्विकार गरेकी छन् । स्थानीयका अनुसार चतुरे साह्रै मिलनसार र मिजाशीला थिए ।
उनी सानो उमेरमा अमेरीका समेत पुगेका स्थानीय अगुवाहरुले बताएका छन् । उनको मृत्युका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।