मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुईको मृत्यु
प्रकाशित २०७६ साउन १७ शुक्रबार
530
Shares
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
उनीहरु पाइपभित्र फसेका भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बेहोस् अवस्थामा उद्धार गरेको थियो । दुवै जनालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।