arrow

'अब घरमा गएर मर्नुभन्दा अर्को बिकल्प छैन'

आर्थिक अभाबमा छट्पटाउदै बादुरे

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ साउन २० सोमबार
Badure.jpg

बाजुरा । बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाई आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेका छन् । गरिबीकै कारण बादुरेले  जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी थन्कीनु परेको  हो ।

संक्रमण रोगका कारण पांचवर्ष अघि बांया खुट्टा गुमाएका बादुरेको अझ   दाँया खुट्टाको पैतलामा रहेको घाँउ बल्झीदै गएको छ ।  जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने र अन्य चेक जाँच गर्नु पर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनु पर्ने हुन्छ ।  तिन महिना सम्म उपचार गर्‍यौं, तर उनको घाउ ठिक नभएको महर्जनले वताए।

बाजुरा अस्पतालमा सञ्चो नभएपछि उनि अब घर फर्किने  शुरमा छन् ।  बादुरेले “अस्पतालको शैयामा रुदै भने बाहिर जान पैसा छैन्, अब घरमा गएर मर्नु भन्दा अर्को बिकल्प नभएको वताए । ” उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जीवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका छन् । स्वास्थ्यकर्मीले नेपालगञ्ज काठमाडौंका सुविधा सम्पन्न  जान सुझाब दिएको छ, तर  आफुसंग एक पैसा पनि नभएकोले सहयोग गर्न समेत आग्रह गरेका छन् ।

बादुरे कि श्रीमति कलु दमाईले भनिन्, “घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि छैन कसरी परिवार पाल्नु कसरी श्रीमान्को  उपचार गरु  । पहिलो खुट्टाको बेला सबैलाइ गुहार गरेर उपचार गरे, अहिले भने उपचार गर्न नसक्ने वताईन् ।  लुगाका सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखि थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।

बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भएपनि केही वास्ता नगरेको बादुरेले वताएका छन् । धेरै लाई उपचार सहयोगका लागि पहल गरेको भएपनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ