बाजुरा । बडिमालिका नगरपालिका ७ बस्ने ४४ बर्षिय बादुरे दमाई आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेका छन् । गरिबीकै कारण बादुरेले जिल्ला अस्पताल बाजुरामा ३ महिना देखी थन्कीनु परेको हो ।
संक्रमण रोगका कारण पांचवर्ष अघि बांया खुट्टा गुमाएका बादुरेको अझ दाँया खुट्टाको पैतलामा रहेको घाँउ बल्झीदै गएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज मर्हजनका अनुसार उनको घाउमा मासु काटेर राख्नु पर्ने र अन्य चेक जाँच गर्नु पर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनु पर्ने हुन्छ । तिन महिना सम्म उपचार गर्यौं, तर उनको घाउ ठिक नभएको महर्जनले वताए।
बाजुरा अस्पतालमा सञ्चो नभएपछि उनि अब घर फर्किने शुरमा छन् । बादुरेले “अस्पतालको शैयामा रुदै भने बाहिर जान पैसा छैन्, अब घरमा गएर मर्नु भन्दा अर्को बिकल्प नभएको वताए । ” उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जीवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन समस्या परेका छन् । स्वास्थ्यकर्मीले नेपालगञ्ज काठमाडौंका सुविधा सम्पन्न जान सुझाब दिएको छ, तर आफुसंग एक पैसा पनि नभएकोले सहयोग गर्न समेत आग्रह गरेका छन् ।
बादुरे कि श्रीमति कलु दमाईले भनिन्, “घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि छैन कसरी परिवार पाल्नु कसरी श्रीमान्को उपचार गरु । पहिलो खुट्टाको बेला सबैलाइ गुहार गरेर उपचार गरे, अहिले भने उपचार गर्न नसक्ने वताईन् । लुगाका सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखि थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।
बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भएपनि केही वास्ता नगरेको बादुरेले वताएका छन् । धेरै लाई उपचार सहयोगका लागि पहल गरेको भएपनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।