arrow

केइसी नेविसंघमा गौतम

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
kec.jpg

काठमाडौं। काठमाडौं ईन्जिनियरिङ कलेज, कालिमाटीमा नेपाल विधार्थी संघ, के.ई.सी. ईकाई कमिटी गठन गरिएको छ। विगत ७ वर्ष देखि गुट उपगुटमा अल्झेर विवादित रहेको कमिटी अहिले सर्वसम्मत रुपमा चयन गरिएको हो। रबिन राज गौतमको अध्यक्षतामा नवगठित कमिटी पहिलो बर्ष देखी चौथो बर्ष सम्म समेटेर ६१ सदस्यीय रहेको छ ।

नवगठित  ईकाईका सदस्यहरुलाई के.ई.सीका पूर्व स्व.वि.यु उपसभापति एंव ने.वि.संघ स्याङजा-काठमाडौं सम्पर्क समितिका सभपाती ई.दीपेन्द्र क्षेत्रीले बधाई तथा शुभकामना दिए।

सिडेनका केन्द्रीय कोषाध्यक्ष ई.संजय पाण्डे र के.ई.सी ने.वि.संघका पूर्व अध्यक्ष ई.दिपक राज देवकोटाको उपस्थिती रहेको कार्यक्रममा समितिलाई सर्व-सम्मत निर्णय गराउनुमा महत्वपूर्ण भूमिका ने.वि.संघ केन्द्रीय नेता ई.अनिल बस्नेत, के. ई. सि स्व. वि. यु सचिव बिजय शेरचन थकाली लगायतले निर्वाह गरेका थिए।

इकाइ गठन पछि क्षेत्रीले गुट, उपगुट, व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संगठनको लागि एकताबद्द भएर काम गर्न आग्रह गरे।

नवगठित ईकाईका अध्यक्ष रविन राज गौतमले शैक्षिक क्रान्ति गर्ने र विधार्थीहरुको अधिकारको लागी लड्दै गर्दा यदि प्रशासन अवरोध हुन्छ भने जस्तो सुकै कदम ने.वि.संघले चाल्न सक्ने चेतावनी दिए।

ने.वि.संघका नेताहरु अभिषेक के.सी, सुरज चापागाँई, विजय भट्ट, विप्लव घिमिरे, सुशान्त पन्त, प्रियस ढकाल, प्रदिप भण्डारी, उज्जवल थापा, स्व.वि.यु उपसभापति सम्पन्न जोशी, स्व.वि.यु सदस्यहरु समिर पाण्डे, योगेश खड्का, प्रेरणा ओली, अग्रिम अधिकारी, उत्सव भण्डारी, निकेश भट्टराई लगायत विधार्थी नेताहरुको उपस्थित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ