arrow

रेडियो नेपालमा कार्यरत तीन पत्रकारको पुनर्बहालीको माग गर्दै धर्ना

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
dharna3.jpg

लम्की ।  सरकारी सञ्चार माध्यम रेडियो नेपाल प्रादेश प्राशारण केन्द्र दिपायलमा कार्यरत  तीन जना श्रमजीवि पत्रकारहरुको पुनैबाहालीको माग गदै नेपाल प्रेस युनियन लम्की शाखा, कैलाली ज्ञापन पत्र बुझाएको छ । चरणबद्ध आन्दोलन अन्तरगत ईलाका प्रशासन कार्यालय सुखड् मार्फत  सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटालाई ज्ञापन पत्र बुझाइएको नेपाल प्रेस युनियन लम्की शाखाका अध्यक्ष देवानन्द न्यौपानेले जानकारी दिए।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह–सचिव प्रकाशबहादुर बम र सदस्य चक्र कुँवरलाई केहि दिन अगाडि रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको थियो ।  विना कारण श्रमजीवि पत्रकारलाई आस्था र विचारकै आधारमा जागिरबाट निकालिएको भदै ज्ञापन पत्रमा शाखाले  रेडियो नेपालको ईतिहास तथा नेपाली पत्रकारिताको ईतिहासमा सबैभन्दा दुखदायी घटनाको रुपमा रहेको ठहर गरेको उल्लेख छ  ।

तीनै जना पत्रकारहरुले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रले ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गरिरहको पत्रमार्फत जनाएको  छ । तर रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको छ ।

'यस्तो पूर्वाग्रहीपूर्ण निर्णय तुरुन्त सच्याएर तीनैजनाको पुनर्वाहली गर्दै काममा फर्काउन प्रेस युनियन जोडदार माग गर्दछ' शाखा अध्यक्ष न्यौपाने द्धारा हस्ताक्षेरीत ज्ञापनपत्रमा उल्लेख गरीएको छ  । आफ्ना मागहरु समयमै संम्बोधन नगरीए पत्रकारको हकहित र सुरक्षाका लागि आन्दोलनमा उत्रने चेतावनी दिदैँ यस्ता अन्यायपूर्ण र अलोकतान्त्रीक निर्णयविरुद्ध नेपाल सरकार र सम्बन्धीत सबैमा ध्यानकर्षण गराउन चाहन्छौ, ज्ञापनपत्रमा उल्लेख छ ।

आन्दोलन अन्तर्गत लम्की शाखा लगायत आजै नेपाल प्रेस युनियन सुदुरपश्चिम क्षेत्रीय समितिको निर्देशनमा १० वटै शाखाले ईलाका र जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारका सुचना मन्त्रीको ध्यानाकष्र्ण गराउन ज्ञापन पत्र बुझाईएको नेपाल प्रेस युनियन सुदुरपश्चिम क्षेत्रीय समितिका संयोजक लाल ऐरीले जानकारी दिए। ऐरीले माग संम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्बजनीक गर्ने चेतावनी समेत दिएका छन्  ।

यस्तै जागिरबाट निकालिएका पत्रकारको पुर्नर बहालीको माग गदै नेपाल पत्रकार महासंघ डोटी शाखा र नेपाल प्रेस युनियन डोटी शाखाले आज पनि रेडियो नेपालको प्रदेश प्रशारण केन्द्रको गेटमै धर्ना बसेर विरोध कार्यक्रम गरी रहेका नेपाल पत्रकार महासंघ डोटी जिल्ला शाखा अध्यक्ष योगेन्द्र बलायरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ