देउवासँग परामर्श र छलफलका लागि पुगे मन्त्री योगेश भट्टराई
नेकपा र कांग्रेस वृत्तमा चर्चा
प्रकाशित २०७६ भदौ १४ शनिबार
592
Shares
काठमाडौं। केपी ओली नेतृत्व सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो मन्त्रालयको काम कार्वाहीको बारेमा पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श तथा छलफल गरे्का छन्।
कांग्रेस सभापति देउवालाई भेटन मन्त्री भट्टराई देउवा निवास बुढानीलकण्ठ गएका थिए।
भेटमा मन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, हालै सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको जनाएका छन्।
मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको भट्नुटराईले जानकारी दिएका छन्।
सरकारका वहालवाला मन्त्री प्रतिपक्षी दलका नेतासँग परामर्शका लागि पुग्ने विरलै हुने गर्छ। मन्त्री भट्टराईले कांग्रेस सभापति देउवासँग गरेको भेटघाट र छलफललाई लिएर नेकपामा मात्र हैन प्रतिपक्षी कांग्रेस पार्टीमा पनि सकारात्मक रुपमा लिइएको छ।
मन्त्री भट्टराईले भेटमा सभापति देउवाले दिएको सल्लाह र सुझावका लागि धन्यवाद दिएका छन्।