नबिल बैंकको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना सार्वजनिक
प्रकाशित २०७६ भदौ १७ मंगलबार
844
Shares
काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको छ । यो योजना भाद्र १६ गते देखि लागू हुने बैंकले जनाएको छ । उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एनएलजी बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हताक्षर गरे ।
उक्त योजना अन्तर्गत दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बिमा गरिने जनाएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख बिमा रकम प्रदान गरिने जनाएको छ ।
नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन बताएको छ। यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बिमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बिमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।