arrow

दोषीलाई कारबाही नगरे देशभर कांग्रेसले आन्दोलन गर्ने, शनिवार माइतिघरमा धर्ना

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
congress-pokhara-program3.png

काठमाडौं। नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालासहित कार्यकर्ताहरुमाथि आक्रमण गरेपछि नेपाली कांग्रेसले दोषीलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले  घटनाका विरूद्ध निर्धारित कार्यक्रमहरू बारे जानकारी गराएका छन्।

काठमाडौँ उपत्यकाका हकमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई शनिबार विहान ८ बजे ज्ञापनपत्र बुझाउदै छन्।  त्यसपछि काठमाडौँ, ललितपुर र भक्तपुरका  कांग्रेस सभापतिहरुको नेतृत्वमा माइतिघर मण्डलामा शनिबारै अपरान्ह ३ बजे शान्तिपूर्ण धर्न हुदैछ।

पार्टी सभापति शेरबहादुर देउवा शनिवार २८ गते बाँके पुग्दैछन्। कांग्रेसले बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र बुझाउने भएको छ। बाँकेका आजै कांग्रेसले १२ बजेदेखिको प्रर्दशन गरेको छ। प्रदर्शन नेपालगञ्जको वीपी चोकदेखि जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म संचालन भएको छ। सम्बन्धित प्रदेश सभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत साथीहरूको नेतृत्वमा प्रर्दशन पश्चात स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाएका छन्।

भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका कांग्रेस सभापतिसहित पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण गरेका थिए। बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी सांघातिक आक्रमण गरेका हुन्।

उनिहरुले “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक आक्रमण गरेका थिए ।

आक्रमण गर्ने र गराउने नेकपाका नेता कार्यकर्ता बिरुद्ध बाँके कांग्रेसले किटानी जाहेरी दिदै

काँग्रेस कार्यक्रममा आक्रमण गर्ने तीन नेकपा कार्यकर्ता पक्राउ, तीनको खोजी जारी

नेकपा वडाध्यक्षको निर्देशनमा बाँके कांग्रेस सभापति लगायत दर्जनौँमाथि आक्रमण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ