सँगै जीवन जिउने बाचा गरेका श्रीमान दुबईमा हराएपछि श्रीमतीको विचल्ली
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
958
Shares
उदयपुर । एक बर्षको छोरासहित श्रीमती डिकमाया बस्नेत अधिकारी ( सुस्मा ) लाई घरमा छाडेर चार बर्ष पहिले दुबई गएका पन्चावती ४ उदयपुर का सागर भनिने इन्द्र बहादुर अधिकारी सम्पर्क बिहिन भएको भन्दै घर परिवारले खोजिदिन अग्रह गरेका छन् ।
पति सम्पर्क बिहिन भएपछि बस्दै आएको घर बैङ्खमा धितो राखि ऋिण निकालेको भन्दै बैङ्खले घर लिलामि गर्न लागेको बाहानामा माइला जेठाजुले घर आफ्नो नाममा नामसारी गरेपछि बिचल्ली बनेकी डिकमाया आफ्नो छोरासहित माइतिको शरणमा पुगेकि छन् हाल उनी तेह्रथुम जिल्ला शुक्रबारे ४ मा रहेको माइतिको घरमा बसेर आफ्नो श्रीमानको खोजि गरीदिन आग्रह गरेकि छन् ।
पति बिदेश गएर धन कमाएर खुशी जीवन बिताउने सपना देखेर गाँउ र माइती घरबाट एक लाख पचास हजार ऋिण खोजेर बिदेश पठाएकी डिकमाया यतिबेला खुसी जीवन जिउनुको साटो उल्टै तनावमा परेकी छन् ।
दुबई राम्रोसँग पुगेको र जागीर पनि राम्रो भएको भएको भन्दै दुई पटक समेत फोन गरेका सागरको त्यसपछि उक्त नम्बरमा न फोन लाग्छ न फोन नै आउछ डिकमाया भन्छिन् । आफ्नो दुख: बेदना बुझिदिने जीवन साथीको खोजिमा रहेकि उनी भन्छिन् छोरा पहिले सानो थियो अहिले पाँच बर्षको पनि भयो बुझ्ने पनि भयो छोराले बाबा खोई भन्दा मन भक्कानिएन आउछ उनी भन्छिन्,' चाड पर्बमा छोराले बाबाको झल्को मान्दा निकै नराम्रो लाग्छ र एक्लै बसेर आशु ढिका चुहाउदै चाडवाड मनाउने गरेको छुँ ।'
पाच बर्ष पहिलेसँगै जिउने बाचाका साथ मागि बिवाह भएको डिकमाया तीन दाजुभाई र दुई दिदिबहिनि मध्यकी कान्छि छोरी हुन् । माइतका सबैको कान्छि भएर बसेकि डिकमाया १९ बर्षको उमेरमा बैवाहिक जिवनमा बाधिएकी थिइन् । श्रीमान सम्पर्क बिहिन भएपछि जसोतसो घर चलाउदै आएकी डिकमायाले बस्ने बसस्थान पनि पाउन छाडेपछि माइतिको साहारामा पुगेकी हुन् ।
पतिको खोजि गरिदिन हार गुहार गर्दै हिडेकि डिकमाया लाई श्रीमान श्रीमतीको झगडाका कारण पति सम्र्पक बिहिन भएको त हैन भन्ने कारोबार कर्मीको प्रश्नमा उनी भन्छिन ,'पैसा कमाएर सुखसँग जीवन बितउने सपना देखाएर बिदेश गएका श्रीमानले त्यास्तो गर्न नसक्ने भन्दै यदि सहरको मायामा परेर गाँउको माया भुलेको भएनि छोराको मायाले भएपनि वाहा फर्किनु पर्छ।'
छोरालाई राम्रो शिक्षा दिनुपर्ने बेलामा घरबाट निकालिएर माइतिको शरणमा पुगेकि डिकमायाले माइतिको साहारामा छोरा सन्देश अधिकारीलाई स्कुल पठाउन थालेकी छन् । र्नरसरीबाट प्रथम भएर एलकेजी मा पुगेका भान्जाको पढाई निकै राम्रो भएको मामा तेज बहादुर बस्नेत बताउछन् । तेज बहादुर भन्छन्,'ज्वाइ सम्पर्कमा नआए पनि भान्जाको भबिष्य अन्धकार हुन नदिने भन्दै स्कुल भर्ना गरियो नभन्दै भन्जाको पढाइ पनि राम्रो भएको छ ।' भान्जाको पढाइ प्रति सन्तुष्टि रहेको तेज बहादुर बताउछन् ।
सँगै जीवन जिउने बाचाका साथ आफ्नो सर्वस्वा सुम्पिएको श्रीमान सम्पर्क बिहिन हुदाको पिडाको सुनाउदै उनले भनिन्,'दुबईमा बिभिन्न सामाजिक सघ सस्थाहरु पत्रकारहरु नेपाली राजदुतावास भएको भन्ने सुनेकि छु ।' युएइमा सक्रिया सामाजिक सघँ सस्थाहरु पत्रकारहरु र पत्रकार महासघं, एनआरएन, नेपाली राजदुतावास लगायत युएईमा रहेका सम्पुर्ण नेपालीहरुलाई आफ्ने श्रीमानको अवस्था बुझिदिएर घर परिवार लाई जानकारी दिन डिकमायाको अग्रह छ ।