arrow

माफी मागे मन्त्री भट्टराईले, उब्जाए गम्भीर प्रश्न

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
yogesh-bhattarai.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमान उडानमा आफूले गरेको ढिलाइप्रति माफी मागेका छन् । 

सामाजिक संजाल फेसबुकमार्फत मन्त्री भट्टराईले उनले माफी मागेका हुन् । उनले एक घण्टा ढिलाई गरेको भन्दै यात्रुहरुले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भट्टराईले माफी मागेका हुन् । 

मन्त्री भट्टराईले आफूमाथि नियतवश निहुँ खोजिएको र आक्रामक बनेको आरोपसमेत लगाएका छन् । यसबाट एउटा गम्भीर प्रश्न पनि उब्जिएको छ । 

यस्तो छ उनको फेसबुक सन्देश –‘कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३–४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

संस्कृति मन्त्रीलाई संस्कार सिकाए यात्रुले



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ