मन्त्रि, मुखिया र चट्टानसहित नेकपाका तीन दर्जन नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश
नेकपा सरकार अराजकतर्फ गइरहेको, चुनावका बेला गरेका एक पनि बाचा पूरा नगरेको, काम भन्दा भाषणमात्र गर्ने जस्ता थुप्रै आरोप
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ भदौ २९ आइतबार
689
Shares
दार्चुला । दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३५ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तर्गत दुहुँ गाउँपालिकाको वडा नम्बर ४ धारीमा आयोजित एक कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर ३, ४, र ५ का ३५ जना नेता कार्यकर्ताले नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेस प्रवेश गर्नेहरुमा वडा नम्बर ३ का तत्कालिन एमालेका वडा अध्यक्ष दलबहादुर बम, नेता जनक बहादुर बम, चन्द्र सिंह बोहरा, इन्द्र सिंह बोहरा, वडा नम्बर ५ का धन बहादुर कुँवर (मुखिया), वडा नम्बर ३ का विरपल जोशी (मन्त्रि) ले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको उनले बताए ।
यस्तै कमला बोहरा, मानबहादुर बम, केशव बम, पवित्रा बम, डब्बलराम लोहार (चट्टान), चन्द्रराम लोहार, दनुराम लोहार, मिना लोहार, विक्रमबहादुर कुँवर, रमेश सिंह लोथ्याल, रामबहादुर कुवर र उदमराम लोहार लगायत ३५ जना नेता कार्यकर्ताले नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
३५ जना नेता कार्यकर्ताले नेकपाको सिद्धान्त मन नपरेका कारण पार्टी परित्याग गरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले नेकपा सरकार अराजकतर्फ गइरहेको, चुनावका बेला गरेका एक पनि बाचा पूरा नगरेको, काम भन्दा भाषण मात्र गर्ने जस्ता थुप्रै आरोप लगाउँदै पार्टी प्रवेश गरेका छन् ।
उनीहरुलाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि पदमराज जोशी, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविरबहादुर कार्की, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, महाकाली नगरपालिका उपप्रमुख सुना बोहरा, दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईश्वरी जोशी, क्षेत्रिय सभापति हरक विष्ट लगायतले टिका लगाउँदै नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।