arrow

निर्माण एवं वास्तु विद्याका आराध्यदेव विश्वकर्माको पूजा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
vishwakarma-puja_650x400_41505554028.jpg

काठमाडौं । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा बुधबार बिहानैदेखि भगवान् विश्वकर्माको पूजा गरिएको छ ।     
     
प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । 

यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ ।     
     
त्यस्तै यस दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ । सवारी साधनमा यस दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । 

यातायात व्यवसायीले विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् ।     
     
नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले यसै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ