arrow

स्व. सुशील कोइरालालाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक

logo
रासस,
प्रकाशित २०७६ असोज ३ शुक्रबार
sushil_koirala.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पुर्‍याएको योगदान अतुलनीय रहेको धारण व्यक्त गरेकी छन् ।

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्दै राष्ट्रपति भण्डारीले स्व.कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता हुनुहुन्थ्यो भनिन् ।  गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला इतिहासमा सफल नेता भएको धारणा व्यक्त गरिन् ।  

वर्तमान संविधान निर्माण गर्न नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो । पाँच वर्ष आठ महीनामा तयार भएको संविधान निर्माणमा ३० राजनीतिक दल सहभागी थिए । पछिल्लोपटक सम्पन्न संविधानसभा निर्वाचनबाट प्रधानमन्त्री रहेका स्व कोइरालाको नेतृत्वमा विसं २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो ।

संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले संविधान अपरिवर्तनीय दस्तावेज नभएको तर जनआन्दोलनको जगमा उभिएर बनेकोले परिवर्तनका लागि जनताको भावना जित्नुपर्ने बताए । उनले  संविधानको मुख्य स्रोत नेपाली जनता भएकाले जनताको इच्छा र चाहना अनुरूप संविधान परिवर्तन गर्न सकिने दस्तावेज भएको धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ