arrow

बाख्रा चराउन गएका २ बालिकाको पोखरीमा डुबेर मृत्यु

logo
महेश सिंह,
प्रकाशित २०७६ असोज ५ आइतबार
balika1.jpg

सिरहा।  सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

 साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले बताए । पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको हो  ।

दुवै बालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पताल राखीएको इलाका प्रहरी कार्यालय लहानको  इन्सपेक्टर बिजय यादवले जानकारी दिए । स्थानीय र प्रहरीले घटना भएलगत्तै उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

थापाको बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कै विवाह गरिसकेकी छिन् । उनी हजुर आमासँग बस्थिन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी मावलीमा बस्दै आएका थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ