'गाईलाई मासुजन्य जनावरको रुपमा गरिएको प्रचार नियतवश वा भुलवश के हो ?'
प्रकाशित २०७६ असोज ७ मंगलबार
700
Shares
काठमाडौं । पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्विर राखि गाईलाइ मासुजन्य जनावरको रुपमा गरिएको प्रचार गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नेपाल सरकारको लोगो सहितको प्रचार सामग्री पोस्टरमा गाईलाई मासुजन्य जनावरको रुपमाको समेत तस्विर राखेको छ ।
घटनाप्रति राप्रपाले ध्यानाकर्षण जनाउदै यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसंग माग गरेको छ । साथै प्रकाशन भइसकेको उपरोक्त प्रचार सामग्री संकलन, जफत र नष्ट गर्न पनि राप्रपाको माग छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वाला जारी विज्ञप्तिमा भनिएको छ,' महान चाड बडादशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दु:खद र दुर्भाग्यपूर्ण छ । धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रुटी गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन ।'