arrow

केपी र प्रचण्डको भेषमा नयाँ लेण्डुपहरु देखा परे : आङ्देम्बे

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
panchtar-congress.jpg

 फिदिम । दोस्रो चरणको राष्ट्रिय जागरण अभियन मंगलबार समापन भएको नेपाली कांग्रेसले घोषणा गरेको छ ।  सरकारका विरुद्ध देशैभरि विरोध प्रदर्शन गरेर कांग्रेसले अभियानलाई समापन गरेको हो ।

पाँचथर कांग्रेसले मोटरसाइकल र्‍यालीसहितको विरोध प्रदर्शनपछि अभियान समापन भएको घोषणा गरेको हो । शनिबारे स्थित पार्टी कार्यालयबाट सुरु भएको र्‍यालीले फिदिम बजार परिक्रमा गरी बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले नेपालमा पनि  नयाँ लेण्डुपहरु देखा परेको उल्लेख गरे । ‘नेपाल देशको अस्तित्व समाप्त पार्न नयाँ लेण्डुपहरु केपी ओली र प्रचण्डको भेषमा देखा परेका छन्,’ आङ्देम्बेले भने ‘देश बचाउनका लागि  लेण्डुपहरुको भ्रममा नपर्न नेपाली जनता सचेत हुनुपर्छ ।’

सम्बोधनकै क्रममा आङ्देम्बेले हिजोका भ्रष्टचारीहरु आज कम्युनिष्ट भएर उदाएको ठोकुवा गरे । नेकपाको सरकाले भ्रष्टाचार र अनियमिततालाई संस्थागत गरेकाले देश डुब्न लागेको उनको आरोप थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले जनताको अधिकारलाई कुन्ठित पार्दै गएको बताए । ‘सरकारको अलोकप्रियताका कारण कांग्रेस बलियो बन्दै गएको छ,’ बाँस्कोटाले भने ‘अहिलेको अवस्थामा चुनाब हुने हो भने कांग्रेसले बहुमत प्राप्त गर्छ ।’  जनताको अधिकारलाई सुरक्षित गर्न कांग्रेस मजबुद हुन जरुरी भएको बाँस्कोटाको ठहर थियो ।

कार्यक्रमलाई जागरण अभियानका प्रतिनिधि देउमान थेवे र डा खगेन्द्र पाण्डव अधिकारीले पनि सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा थेवेले नेकपाले जितेको हरेक ठाँउमा भ्रष्टाचार मौलाएको उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले नेकपाको सरकारले प्रेसमाथि अङ्कुश लगाएर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको बताए ।

पाँचथर सभापति नरेन्द्रकुमार केरुङको अध्यक्षतामा भएको कोण सभामा सयौँको संख्यामा कार्यकर्ताहरुको उपस्थिति थियो । कम्युनिष्टहरुको स्वेच्छाचारीतन्त्र विरुद्ध एकजुट भएर लड्न केरुङले कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।  देश र जनताको हितका लागि कांग्रेसले जुनसकै बेला आन्दोलनको घोषणा गर्ने भएकाले त्यसको लागि तयार भएर बस्न केरुङको आग्रह थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ