arrow

नेकपाको चीन झुकाब ‘ताकपरे तिवारी नत्र गोतामे’ – डा बराल

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
lok-raj-baral.jpg

काठमाडौं । राजनीतिक विश्लेषक एवं परराष्ट्रविद् प्रा डा लोकराज बरालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सि जिनपिङ नीतिप्रतिको झुकाव केबल ‘ताकपरे तिवारी नत्र गोतामे’ मात्रै भएको बताएका छन् । 

चिनियाँहरुको विकासको शैली नेपालमा सम्भव नहुने भन्दै उनले नेकपा ‘जता मौका पाउँछ त्यतै जान्छ’ भने । 

पहिलो पटक नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे सहमति भएको प्रति बरालले यो सहमति चिनियाँ राष्ट्रपति सि जिनपिङलाई फकाएर नेपाल ल्याउने चालमात्र भएको बताए । 

उनले भने, ‘सि खुसी भएर केही देलान् भन्ने आशा राखेरै यस्ता सम्झौता भएका हुन् अरु केही होला जस्तो लाग्दैन ।’ 

उनले नेपालमा सि मोडल लागु हुनै नसक्ने दावी गरे । उनले भने, ‘जुन देशको मोडल एक पार्टी नीतिबाट अगाडि बढिरहेको छ त्यो मोडल नेपालजस्तो बहुदलीय र प्रजातान्त्रिक देशमा सम्भव छैन ।’

नेपाली काँग्रेसले उठाएको चिन्ताप्रति विश्लेषक बरालले सही भएको भन्दै प्रष्टाए ‘धेरै दल भएको देशमा तानाशाही प्रवृत्ति भित्रिन खोज्दैछ भने त्यसलाई रोक्नु काँग्रेसको पनि दायित्व हो ।’

उनले सन् १९५५ देखि नै नेपाल र चीनबीच राम्रो सम्बन्ध भएको दावी गर्दै नेकपाले नयाँ सम्बन्ध नबनाउने स्पष्ट पारे । 

प्राडा बरालले नेकपाले एकातिर जनतासंग हामी लोकतान्त्रिक पार्टी हौं भनेर मत मागेर सरकारमा जाने र अर्कातिर चिनियाँ पार्टीसंग भाइचारा सम्बन्ध स्थापित गर्न ६ बुँदे सम्झौता गर्नु हाँस्यास्पद भएको समेत टिप्पणी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ